आजको राशिफल : आज मिति २०७२ साल जेठ १८ गते सोमवार

मेष (चू चे चो ला ली लु ले लो अ)

बोलीमा कर्कसता आउने छ, यस्तो बोली बोल्नुस् जो सबैलार्इ प्रिय लागोस् । समयको सदुपयोग गर्न चुकिने छ । पुरातन सोचका कारण नवीन बिषय स्वीकार्न गाह्रो हुनेछ । विवादबाट मुक्ति पाउने प्रयास असफल होला । आर्थिक कारोवार डामाडोल होला ।

वृष (इ उ ए ‌ओ वा वी वु वे वो)

केही उपलब्धिमूलक कार्यमा हात हाल्ने मौका छ ।धन, मान बढ्ने देखिएको छ । सामाजिक सद्भावको लागि तपार्इको रचनात्मक भूमिका रहने छ । बिवाद सदाको लागि अन्त्यको विकल्प सोचिने छ । भुमि वाहन सुख पाइने छ । मित्रता दरिलो हुनेछ ।


मिथुन (का कि कु घ ङ छ के को हा)

सुखको लागि धेरै समय खर्चिइने छ, तर अन्त्यमा दुःखमात्र हात पर्नेछ । बिगतको गल्तीको सजाय भोग्नु पर्ला । प्राकृतिक विपदा र त्रासको स्थिति आउला । मनगणन्ते कुरा भन्दा प्रमाणित कुराको पछि लाग्नु श्रेयस्कर रहला । विपदमा साथ दिनेहरु भने भेटिने छन् ।

कर्कट (ही हु हे हो डा डि डु डे डो)

सजावट र सौखिन कार्यमा अधिक खर्च होला । कलाकारितामा तपार्इको रुची बढ्ने छ । मानसिक शान्ति मिल्ने छ । शुभ कामको थालानी आफैबाट शुरु गरे शुभ हुनेछ । स्वास्थ्यमा देखिएका बाधाहरु दुर हुनेछन् । मित्रता गाढा हुनेछ ।

सिंह (मा मि मू मे मो टा टी टु टे)

विषम परिस्थितिमा निर्णायक क्षमता सवल रहने छ । आर्थिक कारोवार सोचे मुताविक हुनेछ । बिवादबाट भने टाढा रहेको बेश । अरुको दुःखमा आफ्नो दुःख देख्ने तपार्इको विचारको सराहना हुनेछ । आलो काँचो कामबाट भने पछुताउनु पर्ला ।

कन्या (टो प पी पु ष ण ठ पे मो)

बिपदमा परेकाहरुको सेवामा लागे धर्म हुनेछ । इष्ट देवताको उपासनाबाट कार्य शिद्ध हुनेछ । अरुको भरमा निर्णय गर्नु आफ्ना लागि हानिकारक ठहरिने छ । रमाइला काममा सहभागी हुने मौका छ । तपार्इको व्यक्तित्वबाट सबै प्रभावित हुनेछन् ।

तुला (र री रु रे रो ता ती तू ते)
आय–आर्जनका श्रोत पत्ता लाग्लान् । समानुपातिक कार्य शिद्ध हुने योग छ । ब्यापार भने घाटामा जानेछ । अरुलाई गरेको कामको जस पाइने छ । कुल, कुटुम्ब बढ्लान् । मित्रताको सहि परिभाषाले तपार्इको महानता झल्काउने छ । इच्छित बस्तु पाइने छ ।

वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
असहज अवस्थामा सहयोग गर्नेहरु प्रति आभारी भइने छ । निरन्तर कार्य व्यस्तता रहिरहने छ । गुमेको मान प्रतिष्ठा पुनः प्राप्त गर्ने चुनौती रहेको छ । विद्या बुद्धि र बिवेकबाट गरेको काम बन्ने छ । अरुलाई दोष दिनु तपार्इको लागि घातक हुनेछ ।

धनु (य यो भा भी भू ध फा ढ भे)
आर्थिक कारोवार घाटामा जाला । बोलीको कारण विवादमा परिने बेला छ, सावधान रहनु होला । आफन्तको असहयोग रहने छ । श्रम अनुसारको प्रतिफल हात नपर्ने योग छ । अरुलाई गरेको सहयोग व्यर्थ जानेछ । अपरिचित व्यक्तिको सहयोग पाइने छ ।

मकर (जो जा जी खी खू खे खो गा गी)
तपार्इको आज केही कष्टकर रहला । पारिवारिक स्वास्थ्यमा धन खर्च होला । नसोचेको काममा खर्च हुने निश्चित छ । ब्यापारबाट घाटा खानुपर्ला । अरुको भरमा पर्दा तपार्इको विश्वास माथि सङ्कट आउन सक्छ । पद अवन्नती हुने खतरा रहेको छ ।

कुम्भ (गू गे गो सा सी सु से सो द)
विश्वासमा संकटको बादल लाग्ने छ । झुठा मुद्दा आरोपको सामना गर्ने बेला छ । ख्याल ख्यालमै धन गुम्ने भय रहला । घरमा केहि शुभ काम भने सम्पन्न होलान् । धैर्यताको कारण सफलता मिल्ने छ । पारिवारिक सम्बन्धमा निकटता आउला ।

मीन (दि दू थ भ ञ दे दो चा ची)
आर्थिक स्थिति मजबुत हुनेछ । भनाइ र गराइमा तारतम्यता देखिने छ । बोलेको कुरा सहजै पुरा हुनेछ । कार्य कौसलता र शिपको कदर हुनेछ । कला क्षेत्रमा लगानी गरे लाभ हुनेछ । तार्किक क्षमता उँचा रहने छ । बिपक्षी उपर विजय पाउने योग रहेको छ ।

0 comments

Write Down Your Responses