कसैलाई प्रधानमन्त्री बनाउन सहमतीय सरकार हुँदैनः नारायणकाजी

१८ जेठ, दोलखा ।


एकीकृत माओवादीका उपाध्यक्ष नारायणकारी श्रेष्ठले एक जनालाई प्रधानमन्त्री बनाउन राष्ट्रिय सहमतिको सरकार नहुने तर राष्ट्रिय सहमति र पुननिर्माणका लागि त्यसको आवश्यकता रहेको बताएका छन् ।

पार्टीको पुनःनिर्माण अभियान अन्तर्गत दोलखामा रहेका नारायणकाजीले सोमबार जिरी उच्च माविको भवन ब्यवस्थापन समितिलाई हस्तान्तरण गर्दै यस्तो बताएका हुन् ।

उनले भने राष्ट्रिय संकट टार्न र पूननिर्माण गर्नका लागि सरकार चाहिएको हो । तर कसैलाई प्रधानमन्त्री बनाउन होइन ।

उनले भूकम्पबाट नकारात्मक कुराबाट सकारात्मक शिक्षा लिनु पर्ने बताए । भू उपयोग नीति बनाएर मात्र बस्ती बसाउने र कहाँ सहर बसाउने र नबसाउने भन्ने नीति राष्ट्रिय रुपमा नै बन्न पर्ने नारायणकाजीको भनाइ छ ।

उनले अव नेपाललाई हाइटीतिर कि जापानतिर लैजाने भन्ने विषयमा निष्कर्ष निकाल्नु पर्ने समयमा आएको बताए । उनले भनेः राष्ट्रिय सहमति गर्न सकियो भने हामी जापानको दिशा तिर जान सक्छौं ।
कार्यक्रममा एमाओवादीको तर्फबाट फिल्ड कमाण्डर कमरेड कार्यक्रकमा गणेशमान पुनले पुनस्थापना र नवनिर्माणको लागि माओवादी नेतृत्व गर्न तयार रहेको र जनताको दुःखमा साथ दिन तयार रहेको बताए ।

0 comments

Write Down Your Responses