नेपाल प्रहरीका एसपीको पौडी खेल्दाखेल्दै हृदयाघात भएर निधन
काठमाडौँ, १७ जेठ । कञ्चनपुरका प्रहरी प्रमुख (एसपी) विश्वनिरन्जन प्रधानको हृदयाघात (हर्टअट्याक) बाट निधन भएको छ ।
आइतबार दिउँसो काठमाडौँको प्रदर्शनीमार्गस्थित नेपाल प्रहरीको हेल्थ क्लवमा पौडी खेल्दाखेल्दै हृदयाघात भएपछि उनलाई नर्भिक अस्पताल लगिएको थियो ।
तर, अस्पताल लैजान साथ चिकित्सकहरुले मृत घोषणा गरेको नेपाल प्रहरीका प्रवक्ता डीआइजी कमलसिंह बमले दैनिक नेपाललाई जानकारी दिए । एसपी प्रधान एक हप्ताको बिदा लिएर शनिबारमात्रै काठमाडौँ आएका थिए ।
.jpg)

0 comments
Write Down Your Responses