भूकम्पले बाँचेकीलाई पनि मर्न बाध्य तुल्यायो
चितवन ।
पूर्वी चितवनको जुटपानीस्थित भूकम्पपीडित एक महिलाले आत्महत्या गरेकी छिन् ।
जुटपानी १, गुराउचौरकी भूकम्पपीडित ६५वर्षीय मङ्गलीमाया कुमालले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ ।
गत वैशाख २९ गतेको भूकम्पले घर भत्किएपछि बास बस्ने ठाउँ नहुँदा उनी चिन्तित थिइन् ।
हावाहुरीले दाताले दिएको त्रिपाल समेत उडाएपछि कुमाल थप पीडामा परेकी र सोही कारणले आत्महत्या गरेको हुनसक्ने आशङ्का स्थानीयले गरेका छन् ।
यसैबीच, जिल्लाको अति विकट गाविस लोथर–२ तिरुवामा चट्याङ पर्दा एक महिलाको ज्यान गएको छ ।
गएराति हावाहुरी र वर्षासहित आएको चट्याङ लागेर स्थानीय जगन्नाथ प्रजाकी श्रीमती करिब ५० वर्षीया नानामायाँ प्रजाको ज्यान गएको हो ।
उक्त घटनामा अन्य आठ जना घाइते भएको नानीमायाँका भतिजा शेखर प्रजाले बताए ।
.jpg)

0 comments
Write Down Your Responses