काठमाडौं । नेपाल ईन्भेष्टमेन्ट बैंकले उपलब्ध गराएको जस्ता पाता नेपाली काग्रेस नुवाकोटका सचिव रमेश कुमार धमलाले काठमाडौ विक्री गर्न लागेको भन्ने समाचारको खण्डन गर्न आईतवार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा प्रश्न सोध्ने कारोवार दैनिकका संबाददाता शिब बोहरामाथि भएको आक्रमणको क्लबका अध्यक्ष ऋषि धमलाले निन्दा गरेका छन् ।
उनले प्रश्न सोध्नु पत्रकारको अधिकार भएको भन्दै त्यसैलाई लिएर कसैमाथि पनि आक्रमण गर्नु लोकतान्त्रिक मुल्य मान्यता र संविधान प्रदत्त प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको भन्दै यस्ता कार्य क्लबलाई सह्य नहुने स्पष्ट पारे ।
पत्रकार सम्मेलनमा सम्बन्धीत निकायको अनुमति नलिई आफू खुसी सो जस्ता पाता वितरण गरेको दावी पत्रकारा बोहराले गर्दा एमाओवादीका कविलासपुर गाविसका ईन्चार्ज कृष्ण बोहराले आफूसँग त्यसको प्रमाण भएको बताएपछि आयोजक महतका समर्थकहरुले पत्रकार बोहरा र कृष्ण बोहरालाई तिमीहरु माओवादी भन्दै आक्रमण गरेका थिए ।
पत्रकारमाथिको आक्रमणको क्लबद्धारा निन्दा
.jpg)

0 comments
Write Down Your Responses