चर्चित अभिनेत्री कैटरिना कैफ अचानक बेपत्ताi
फिल्मी लाइफमा पटक पटक बेपत्ता भएकी भारतीय चर्चित अभिनेत्री कैटरिना कैफ रियल लाइफमा समेत अचानक बेपत्ता भएकी छिन । कैटरिना सहित उनका पीआर पर्सन सोमबार बिहानैदेखि बेपत्ता भएपछि उनको खोजीकार्य सुरु गरिएको छ । मोबाइल फोनसमेत पहुँचबाहिर रहेको हुनाले उनको मोबाइल ट्रयाकरको सहयोगमा स्थान पत्ता लगाउने कोशिस भइरहेको भारतीय संचार माध्यमले जनाएका छन्।
स्रोतका अनुसार कैटरिना विगत केही दिन यतादेखि गुगल म्याप्समा महाराष्ट्रस्थित कुनै स्थानका बारेमा जानकारी प्राप्त गर्ने कोशिसमा थिइन् । यद्यपी अनाचक कैटरिना कहाँ, किन गइन् र कहिले फर्कने छिन् भन्ने स्पष्ट हुन नसकेकाले उनका परिवार तथा शुभचिन्तक तनावमा छन् । कैटरिना अचानक बेपत्ता भएपछि ट्वीटरमा खुब चर्चा भइरहे पनि कतिपयले यो केवल पब्लिसिटी स्टन्ट मात्रै भएको बताएका छन् ।
.jpg)

0 comments
Write Down Your Responses