आज दिउँसो १ बजेर ५४ मिनेटमा गएको भूकम्पमा परी एक जनाको ज्यान गयो

काठमाडौं, १७ जेठ ।


आज दिउँसो १ बजेर ५४ मिनेटमा गएको भूकम्पमा परी रौतहटमा एक जनाको मृत्यु भएको छ ।
आँप टिप्न रुखमा चढेका रौतहटको जटहरा-२ बस्ने १७ बर्षीय प्रमोद पास्वान भूकम्प आउँदा भाग्न खोज्दा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
आइतबार दिउँसो लमजुङलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का आसपासका थुप्रै जिल्लामा महसुस भएको थियो ।
स्रोत दैनिक नेपाल

0 comments

Write Down Your Responses