‘महिलाले जिन्स पाइन्ट लगाएका कारण भूकम्प’को प्रकोप आएको इस्लामिक धर्मगुरुको भनाई
May 31, 2015
एजेन्सी । पछिल्लो समयमा संसारमै निरन्तर भूकम्प आइरहेको बारे पाकिस्तानका एक धार्मिक नेताले आश्चर्यजनक टिप्पणी गरेका छन् ।
पाकिस्तानका इस्लामिक धर्मगुरुले महिलाले जिन्स पाइन्ट लगाएका कारण भूकम्प आएको भन्दै सबैलाई आश्चर्यमा पारेका छन् । उनले पाकिस्तानी सेनालाई महिलाविरुद्ध कारबाही थाल्न समेत भनेका छन् ।
पाकिस्तानको इस्लामावादको एक होटलमा आयोजित पत्रकार सम्मेलनमा जामिअत उलेमा–इ–इस्लामी फाज्लका प्रमुख मौलाना फज्लुर रहमानले यस्तो टिप्पणी गरेको भारतीय सञ्चारमाध्यमहरुको दावी छ ।
फल्जुर रहमानले खुलारुपमा हिँड्ने महिलाहरु गतिबान हतियार जस्तै रहेको टिप्पणी गर्दै पाकिस्तानका प्रमुख शहरमा यस्ता हतियार घुमिरहेको उल्लेख गरेका हुन् ।
महिलाहरुलाई घरभित्रै राखेमा र मुस्लिम शरिया कानून लागु गरेमा पाकिस्तानमा तालिबानी आक्रमण नहुने उनको भनाई छ । उनले यसअघि पनि महिलालाई जिन्स पाइन्ट लगाउन प्रतिबन्ध लगाउनुपर्ने आवाज उठाउँदै आएका थिए ।
तर पछिल्लो समयमा भौगर्भिक रुपमा आउने भूकम्पबारे समेत महिलालाई जोडेर यस्तो टिप्पणी गरेपछि भने मानिसहरु आश्चर्यमा परेका छन् । उनको यस्तो भनाईलाई कतिपयले अतिवादी सोच भएको टिप्पणी गरेका छन् ।
.jpg)

0 comments
Write Down Your Responses