२२१४ पछि मानिस बन्नेछ ‘भगवान’, मृत्युमाथि गर्नेछ विजय

काठमाडौं, एजेन्सी
तपाइ कहिलेकही अाफुमा दैवी शक्ति अाए हुन्थ्यो भन्ने कल्पना गर्नुहुन्छ ? यदि गर्नुहुन्छ भने त्यो कल्पना यथार्थमा परिणत हुने भएको छ ।
तर यसका लागि केही शताब्दी भने पर्खनु पर्ने भएको छ । एक इतिहासकारले भने २०० वर्षपछि मानिसमा दैवी शक्ति प्राप्त हुने दाबी गरेका छन् । उनका अनुसार मानिसले आफुले चाहेको रुप धारण गर्न सक्नेछन् । मृत्युमाथि विजय पाउनेछन् र आफुले चाहेको समयसम्म जिउन सक्नेछन् ।
जेरुसेलममा रहेको हिब्रु युनिभर्सिटिका इतिहास विषयका प्रोफेसर युवल नोह हरारीले यी कुराको भविष्यवाणी गरेका हुन् । बायोटेक्नोलोजी र जेनेटिक इन्जिनियरिङको सहयोगले मानिसहरुमा दैवी शक्ति विकास हुने र उनीहरुले मृत्युलाई काबुमा राख्ने हरारीका दाबी छ । बेलायती पत्रिका डेली मेलका अनुसार ती प्रोफेसरले मानिसमा बाँच्ने अभिलाषा पनि बढ्ने बताएका छन् । *

0 comments

Write Down Your Responses