feature,
politic
»
प्रचण्डको खुट्टा काट्दै बाबुरामले अपनाए यस्तो रणनीति !
प्रचण्डको खुट्टा काट्दै बाबुरामले अपनाए यस्तो रणनीति !
काठमाडौं, १५ साउन । अध्यक्ष प्रचण्ड खेमाले बरिष्ठ नेता डा. बाबुराम पक्षलाई निक्कै शंकाको दृष्टिले हने थालेपछि एमाओवादीमा घातप्रतिघातको राजनीति उत्कर्षमा पुगेको छ । तर संस्थापन पक्षको पेलान र स्वार्थबाट दिक्क भएका भट्टराई पक्षका आधा दर्जनभन्दा बढी केही नेताले राजीनामा दिएका छन् । यद्यपी

संविधान निर्माण हुन लागेका बेला गलत सन्देश जाला भनेर कतिपय नेता मौन बसेका छन् । भट्टराई भने दलको आधिकारिक लाइनभन्दा माथि उठेर अभिव्यक्ति दिनेमात्र होइन क्रियाकलाप नै गर्न थालेका छन् । कहिले जनजातिलाई उक्साउने कहिले उत्कृष्ट संविधान आउँछ भनेर आफ्नो लगानीको जस लिन व्यस्त छन् । यसो हुँदा एमाओवादीको आन्तरिक विवादको असर संविधान निर्माण प्रक्रियामासमेत देखिन थालेको छ । केही समयदेखि प्रचण्ड र बाबुरामबीच देखिंदै आएको वैचारिक राजनीतिक, सांगठनिक र नेतृत्वसम्बन्धी विवाद अहिले झन् बढेको छ । प्रचण्ड मस्यौदामा जताले दिएको सुझावको मूलभूत विववषय प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख सीमाकंनसहितको संघीयताजस्ता विषयलाई समेट्न नसकिए पनि साउनभित्रै संविधान घोषणा गरेर जानुपर्ने पक्षमा छन् । बाबुराम भने समय थप लिए पनि अन्य विषय संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारीकै पक्षमा व्यवस्था गरेर जानुपर्ने पक्षमा छन् । साप्ताहिक विमर्शमा खबर छ ।
0 comments
Write Down Your Responses