आज खिर खाने दिन, साथैं गुरूपूर्णिमा पनि



काठमाडौं, १५ साउन । आज साउन १५, नेपाली परम्परा अनुसार आज खिर खाने चलन छ । परिवारका सदस्य, इष्टमित्र, आफन्त, छरछिमेकीसँग बसेर खिर खाई यो पर्व मनाउने गरिन्छ । असार साउनमा धान रोपाईंको काम सकेर खुशीयाली स्वरुप खिर खाने चलन बसेको मानिन्छ । १५ असारमा दही चिउरा र साउनमा खिर खाने चलन छ । साउन महिनाभर पायक पर्ने दिनमा खिर खाने चलन बसेपनि साउन १५ लाई भने विशेष दिन मानिन्छ । साथैं आज गुरूपूर्णिमा पनि रहेको छ । गुरूपूर्णिमामा आफ्ना गुरुहरुलाई सम्मान आदर र सम्झना गर्ने गरिन्छ ।

,

0 comments

Write Down Your Responses