शाहरुखलाई दीपिकाको चुनौति
सञ्जय लिला भन्सालीले फिल्म ‘बाजिराव मस्तानी’ को रिलिज डिसेम्बर १८ मा हुने भनेर धेरै पहिले नै तय गरिसकेका थिए । तर, सोही मितिमा अर्का निर्देशक रोहित शेट्ठीले ‘दिलवाले’ रिलिज गराउने निर्णय गरे । त्यसपछि रणविर सिंह, दीपिका पादुकोण, प्रियंका चोपडा अभिनित 'बाजिराव मस्तानी'का लागि शाहरुख खानको 'दिलवाले' कडा चुनौती हुने चर्चा चल्दै आएको छ ।
'दिलवाले' आफूले तोकेको मितिमा जुध्न आएपछि बाजिराव पछाडी हट्ने हल्ला पनि चलेको थियो तर,' बाजिराव मस्तानी'की दीपिका पादुकोणले भने शाहरुख खानलाई उल्टै चुनौति दिएकी छिन् । उनले 'दिलवाले'को चुनौति आफूलाई मन्जुर भएको बताएकी छिन् ।
दीपिकाको यो घोषणापछि उनीमाथि घमण्ड चढेको हल्ला चल्न थालेको छ । शाहरूख निकट एक सुत्रले शाहरुख खानको फिल्म ‘ओम शान्ती ओम’ बाट बलिउडमा डेब्यु गर्दै चर्चा बटुलेकी दिपिकाको यो शैली ठीक नभएको बताएका छन्। उनको यो अभिव्यक्तिबाट शाहरूख खुसी नभएको बताइन्छ।
दीपिकाको यस चुनौतिपछि शाहरुख खान रिसाएको छनक पाएपछि दीपिकाले ट्विट पनि हटाइन् तर, उनले ट्वीट हटाइन्जेल थुप्रै रिट्वीट भइसकेका थिए।
.jpg)

0 comments
Write Down Your Responses