सोनाक्षी सिन्हा दाउदकी बहिनी
मुम्बई–चर्चित अन्डरवल्र्ड डन दाउद इब्राहिमकी बहिनीमाथि चाँडै एउटा फिल्म बन्ने भएको छ । दाउदकी बहिनीको रुपमा बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले अभियन गर्ने भारतीय संचारमाध्यमले जनाएका छन् ।
दाउदकी बहिनीको जीवनीमा बन्ने फिल्मको नाम 'हसिना : द क्वीन अफ मुम्बई' हो । जसमा अभिनेत्री सोनाक्षीले अभिनय गर्ने पक्का भएको छ । फिल्को निर्देशन अपुर्व लाखियाले गर्ने संचारमाध्यमले उल्लेख गरेका छन् । अपुर्व लाखियाले आगामी वर्षबाट फिल्मको सुटिङ सुरु गर्ने बताएका छन् ।
अपुर्वले यस पहिला मुम्बईमा आपराधिक पृष्ठभूमिमा आधारित 'सुटआउट एट लोखन्डवाला' बनाइसकेका छन् । सोनाक्षीले दाउदी बहिनीको भूमिका निभाउन आफू निकै उत्साहित भएको बताएकी छिन् । उनले ट्विट गर्दै आफू सो भूमिकाको लागि निकै उत्साहित भएको बताइन । उनले दाउदी बहिनी हसिनाको जीवनीमा आधारित फिल्ममा दाउदको निजी जिन्दगीको पनि केही राज खुल्न सक्ने बताइन ।
.jpg)

0 comments
Write Down Your Responses