हो मेरा दुई ब्वायफ्रेण्ड छन्’
काठमाडौं, २१ साउन । सलक्क परेको ज्यूडाल, रसिला ओठ, कलेजमा धेरै केटाहरुले छड्के नजर लाउँछन् । तर उनको नजर कसैसँग टिक्दैन । विस्तारै दुई युवक उनका पछि ज्यान फालेर लाग्छन् । तर पनि युवतीको नजर गहिरो पर्दैन । दुवै युवाकी ड्रम गल्र्सले अन्तिममा दुवैलाई प्रेम गर्न थाल्छिन् । यो सरकारी वा निजी क्षेत्रबाट सञ्चालित नेपालका प्रख्यात कलेजकी छात्राको प्रेम कहानी होइन । नेपाली चलचित्रमा डब्यू गरेकी अभिनेत्री जान्वी बोहराको पहिलो चलचित्रको कथा बस्तु हो ।
अभियन क्षेत्रमा एक दशक बिताई सकेकी बोहराको यो पहिलो ठुलो पर्दाको चलचित्र हो । दर्जनौ टेलिश्रंखलामा अभिनय गरिसकेकी जान्वीले आफ्नो अभिनयको जादु भोलीदेखि प्रर्दशनमा आउने चलचित्रमा प्रर्दशन गरेकी छिन् । सानो लगानीबाट निर्माण भएको चलचित्र भएपनि कथा बस्तु र अभिनयकला भने यस चलचित्रमा अपार रहेको छ ।
.jpg)

0 comments
Write Down Your Responses