दुलहा दुलही खोज्न सडकमै 'म्यारिज मार्केट'
एजेन्सी : अहिलेसम्म तपार्इंले कयौं बस्तुको बजार देख्नु भएको होला ? उपभोग्य सामानको, गार्इ बस्तु या मोबाइल कम्प्युटर र अन्य विद्युतीय बस्तुको । तर चीनको संघार्इमा भने 'म्यारिज मार्केट' लाग्ने गरेको छ।
चीन संघार्इस्थित सडकमै रंगीविरंगी छाताले सजाइएको यो स्थान भने म्यारिरज मार्केट हो । यो मार्केटमा जोडी बनाउने काम गरिन्छ ।
यहाँ हरेक शनिबार र आइतबार साँझ ५ बजेपछि जोडी खोज्ने बजार लाग्ने गर्छ ।
छातामा बिबाह गर्न योग्य युवायुवतीको बायोडाटा कार्ड टाँसिएको हुन्छ । जहाँ केटा र केटी खोज्नेहरुको सम्मपूर्ण विवरण उल्लेख हुन्छ । त्यो बायोडाटा कार्डमा बिबाह योग्य युवायुवतीको उचार्इदेखि उनीहरुका परिवारको वार्षिक आम्दानी विवरणसमेत उल्लेख गरिएको हुन्छ ।
आफ्नो साथमा कार छ या छैन ? घर भाडाको छ या आफ्नै ? सबै विवरण बायोडाटा कार्डमा लेखिएको हुन्छ ।
यहाँको मार्केटमा एजेन्टले बिहेका लागि खबर या प्रस्ताव आएमा युवायुततीका बाबुआमासम्म सन्देश पठाइदिने गर्छन् ।
यस किसिमको मार्केट पुरै चीनमा लाग्ने गरेको छ । बाबुआमा स्वयम् यो मार्केटमा बसेर पनि आफ्ना छोराछोरीका लागि जोडी खोज्न सक्छन् ।
संघार्इमा प्राय साँझ ५ बजेपछि पानी पर्ने गर्छ । नाता जोड्दा जोड्दै भिज्नु नपरोस भनेर यहाँ मानिसहरु हरदम छाता लिएर बस्छन् ।
.jpg)

0 comments
Write Down Your Responses