चाणक्य नीतिः पहिलो भेटमा कुनै महिलाको के हेर्ने ?
जब कोही व्यक्तिसँग तपाईंको पहिलो पटक भेट भइरहेको छ भने त्यतिबेला तपार्ईंले केही कुरा ध्यानमा राख्न जरुरी छ । आचार्य चाणक्यले यस्ता चार कुरा बारे जानकारी दिएका छन् जसमार्फत मानिसको स्वभाव थाहा हुन्छः
आचार्य चाणक्य भन्छन्ः
तथा चतुर्थिः पुरुषं परीक्ष्यते त्यागेन शीलेन गुणने कर्मणा ।।
यो श्लोकको अर्थ होः जुन प्रकार सुनलाई घोट्दा, काट्दा, तताउँदा अथवा पिट्दा त्यसको ठिक स्वरुप आउने गर्दछ, यसै प्रकारले मानिसले पनि आफ्नो गुण निखार्नका लागि त्याग, कुरा गर्ने तरिका, गुण र कर्मलाई देखाउन आवश्यक छ ।
आचार्य चाणक्य भन्छन् कि सुनको शुद्धताको जाँच चारप्रकारको प्रक्रियाबाट गर्न सकिन्छ । सुनलाई घोटेर हेर्न सकिन्छ । काटेर हेर्न सकिन्छ, आगोमा तताएर सुनको गुणलाई नाप्न सकिन्छ र सुनलाई पिटेर त्यसको शुद्धता जाँच गर्न सकिन्छ । यो प्रक्रियामार्फत हामीले सुन शुद्ध भए नभएको थाहा पाउछौं ।
सुनको शुद्धता थाहा पाउने तरिका जस्तै मानिसहरुको गुण थाहा पाउने प्रक्रिया पनि छ । मानिसहरुको गुण अवगुण बारे थाहा पाउन चार कुरामा ध्यान राख्नुपर्छ । कुनै पनि मानिसलाई भेट्नु पहिले उक्त व्यक्ति सज्जन भए नभएको ध्यानमा राख्नुहोस् ।
सज्जन व्यक्ति सधैं मानसम्मान दिने किसिमको र संस्कारवान हुने गर्दछ । यसका साथै व्यक्तिको गुण कस्तो छ, त्यो पनि हेर्न आवश्यक छ । कुनै व्यक्तिको आचार–विचार र व्यवहारले पनि धेरै कुरा बताउने गर्दछ । यसका साथै व्यक्तिको त्यागको भावना पनि हेर्न आवश्यक छ । यदि कुनै व्यक्ति अरुको सुखका लागि आफ्नो सुख त्याग्ने गर्दछ भने थाहा पाउनुस् ती व्यक्ति राम्रो चरित्रका हुन् ।
khabardabali बाट
.jpg)

0 comments
Write Down Your Responses