१६ इन्चको कम्मर भएकी महिला



एजेन्सी ।

बारुले कम्मर महिलाको सुन्दरताको प्रतिक नै हो ।
अधिकाँश महिलालाई आफ्नो कम्मर छिनेको होस् भन्ने चाहाना हुन्छ । कतिले कम्मर छिनाउन अनेक हर्कत गर्छन् ।



अमेरिकाको न्यूयोर्कमा बस्ने २७ वर्षीया केल्ली ली डेकीको कम्मर पत्याउनै नसकिने गरी बारुले छ । उनले एउटा मन परेको पुस्तको पात्रलाई आदर्श मानेर आफ्नो कम्मर १६ इन्चको बनाएकी हुन् ।

७ वर्ष अघि कम्मर मसिनो पार्न शुरु गरेकी थिइन् । उनको कम्मर अहिले उनले चाहेकै आकारमा पुगेको छ ।


आफूले कमिक पात्रहरुको आकार देखेर त्यस्तै बन्न मन लागेको र सफल समेत भएको उनी बताउँछिन् ।


७ वर्षको मेहनतपछि उनले यस्तो कम्मर बनाएकी हुन् । तर कतिपयले भने उनको आकार देखेर जिव्रो टोक्ने गर्छन् ।



,

0 comments

Write Down Your Responses