इतिहादलाई चुनौति दिँदै इमिरेट्सले जेनिफरलाई दियो एउटै विज्ञापनको ५० करोड



केही दनअघि आफ्नै आमालाई समेत निम्तो नदिई जष्टिन थेरक्ससँग विवाह गरेकी हलिउड अभिनेत्री, निर्देशक एवं व्यवसायी जेनिफर एनिस्टनले ठूलो राशीको विज्ञापनको चिठ्ठा परेको छ।

एन्जेलिना जोलीका पति ब्राड पिटकी पूर्वपत्नीसमेत रहेकी जेनिफरले दोस्रो बिहेलगत्तै ‘इमिरेट्स एयरवेज’ को विज्ञापनका लागि साइन गरेकी छिन्। हाल थेरक्ससँग हनिमुनमा रहेकी जेनिफरले संसारभरका अन्य छापा तथा भिडियो विज्ञापनमा खेल्नुपर्ने भूमिकाका लागि पनि हस्ताक्षर गरिसकेकी छिन्।
यस विज्ञापनमा खेलेबापत उनले करिब पचास लाख अमेरिकी डलर अर्थात् करिब ५० करोड रुपैयाँ पाउनेछिन्। इमिरेट्सले आफ्नो विज्ञापनमा जेनिफरलाई लिनुलाई विवाहको उपहार भनेको छ।  साथै आफ्नो कडा प्रतिष्पर्धी एयर कम्पनी इतिहादलाई टक्कर दिनसमेत जेनिफरलाई लिएको बताएको छ।
किनकी, इतिहदाले भर्खरै अर्की मोडल तथा निर्माता निकोल किडम्यानलाई विज्ञापनमा अनुबन्ध गरेको थियो।

,

0 comments

Write Down Your Responses