विप्लव माओवादीद्वारा वैदेशिक रोजगार महानिर्देशक माथि कालोमोसो


काठमाडौं, श्रावण २७ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताहरुले वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीलाई कालोमोसो दलेका छन् ।
बुधबार कार्यालयतर्फ जाँदै गर्दा महानिर्देशक सुवेदीलाई बाटोमै रोकेर माओवादी कार्यकर्ताले कालोमोसो दलेर दुर्व्यवहार गरेका हुन् ।

सो पार्टीका केन्द्रीय सदस्य शरदसिंह भण्डारीले ईमेजखबर डट कमलाई प्रतिक्रिया दिदैं भने, ‘दोहोरो नागरिकता लिएको, भ्रष्टाचार गरेको आरोपमा महानिर्देशक सुवेदीमाथि कालोमोसो दलेर कारवाही गरिएको हो ।’
उनले देश र जनतामाथि गद्दारी गर्ने नेता तथा कार्यकर्ताहरु आफ्नो कारवाहीको सूचीमा रहेकोसमेत बताए ।
‘यसरी कानुन हातमा लिन मिल्छ त ?’
जवाफमा केन्द्रीय सदस्य भण्डारीले भने, ‘यो सरकारलाई नै हामी वैधानिक मानिरहेका छैनौं, सरकारले भ्रष्टाचारलाई कारवाही गर्दैन, सरकार आफैं चोखो छैन भने उसले अरुमाथि कारवाही गर्ने कुरै आउँदैन ।’
उनले सरकारमा रहेकाहरु समेत आफ्नो कारवाहीको सूचीमा रहेको प्रष्ट पारे ।
वैदेशिक रोजगार विभागका महानिर्देशक सुवेदीलाई यसअघि नै कारवाहीको चेतावनी दिइएको उनले बताए । ‘हामीले चेतावनी दिएका थियौं, नसच्चिएकाले कारवाही गरेका हौं,’ उनले भने ।

,

0 comments

Write Down Your Responses