आन्दोलन अराजक भएपछि गोली चल्यो :गृहमन्त्री गौतम


काठमाडौ । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले शान्ति सुरक्षा कायम गराउन बिभिन्न स्थानमा भईरहेको प्रर्दशनमा बाध्यतापूर्वक गोली चलाउनु परेको बताएका छन्।

अन्तराष्ट्रिय युवादिवसका अवसरमा बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री गौतमले नचाहिदो मागपुरा गर्न दबाब दिने तोडफोड गर्ने र अराजकता फेैलाउन कार्य भएको भन्दै शान्ति सुरक्षा कायम गराउन बाध्यतापूर्वक गोली चलाउनुपरेको बताए ।
उनले अहिले प्रदेश बिभाजनमा देखिएको विवाद र जातियताका आधारमा मागिएको प्रदेशको माग पुरागर्न नसकिनेपनि बताएका छन् ।
यसै गरी उनले अवको १० दिनभित्र संविधान जारी हुने ठोकुवा गरेका छन् । कार्यक्रममा विविध क्षेत्रका प्रतिभाशाली युवालाइ यसबर्षको राष्ट्रिय युवा प्रतिभा पुरस्कार प्रधान गरिएको थियो ।

,

0 comments

Write Down Your Responses