हेर्नुहोस् संसारका यी खतरनाक जेल, जहाँ परे नफर्कन पनि सकिन्छ
काठमाडौं । कुनै पनि गल्ती भएमा तथा अदालतले दोषी ठहर गरेमा राज्यले सजाय स्वरुप जेल राख्ने गरेको छ । यस्ता जेलहरुमा राखिएका कैदीहरुलाई गरिने व्यवहारका बारेमा विभिन्न मानवअधिकारवादीहरुले विरोध गर्दै आएका छन् । कुन कुन जेल विश्वमा खतरनाक जेलका रुपमा रहेका छन् त ?
गीतारामा सेन्ट्रल जेलः रुवान्डामा रहेको गीतारमा जेल विश्वको सबैभन्दा खतरनाक जेलको रुपमा हेर्ने गरिन्छ । जेलमा ५०० कैदी राख्न सक्ने क्षमता भएपनि ६ हजार भन्दा बढी कैदी राख्ने गरिएको छ । यस जेलमा कैदीलाई सुरक्षाकर्मीले त मार्दैनन् तर उक्त जेलमा एक कैदीले अर्को कैदीलाई मारेर खाने आरोप लाग्ने गरेको छ ।
ग्लाडनी जेलः जर्जियाको यस जेलबारे सन् २०१२ मा एउटा गोप्य रुपमा खिचिएको भिडियो सार्वजनिक भयो । जसबाट जेलमा सुरक्षाकर्मीले गर्ने व्यबहार बारे जानकारी प्राप्त भयो । भिडियोका अनुसार कैदीलाई सुरक्षाकर्मीले गर्ने व्यवहार अमानवीय थियो । साथ साथै कैदीहरु सुरक्षकर्मीबाट यौन उत्पीडनमा पर्ने गरेको तथ्य समेत सार्वजनिक भएको थियो ।
ला सेन्ट जेलः फ्रान्सको ला सेन्ट जेल पेरिसबाट केही माइलको दूरीमा छ । जेलमा अत्यन्त कडा सुरक्षा व्यवस्था गरिएको छ । यो जेल १८६७ मा खालीइ गराईएको थियो । यस जेलमा जेल सजाय काटीरहेका कैदीहरुले आत्महत्या समेत गरेका थिए । सन् १९९९मा १२४ जनाले जेल भित्रै आत्महत्या गरेका थिए । जेलमा यस्ता घटनामा बृद्धि हुन लागेपछि कैदिलाई ४ घण्टाको लागी बाहिर छोडिन थालिएको छ ।
पितक टापू जेल : रुसमा सबै भन्दा गंभिर किसिमका अपराध गर्नेहरुलाई राखिने यस जेल पितक टापूमा रहेको छ । अत्यन्त असुरक्षित मानिने यस जेल वरिपरि पानी भएको एक सानो टापुमा रहेको छ । जेलमा रहेका हरेक कैदी २० घण्टा सम्म एक्लै बस्न पर्ने प्राबधान छ भने एक वर्षमा १२ जनाले मात्र कैदीलाई भेट्न सक्छन् ।
स्वेन क्वेटिन स्टेट : अमेरिकाको क्यालिफोर्नियामा रहेको सैन क्वेटिन स्टेट जेल १८५२ मा निर्माण गरिएको हो । यस जेलमा सजाय जतिखेर पनि परिवर्तन हुन सक्छ । मृत्युको सजाय दिनको लागि यस जेलमा फाँसी, ग्यास चेम्वर अथवा लेथन इन्जेक्सन दिने गरिएको छ । यस जेल खराव सुबिधाको लागी चर्चित छ ।
बैकक केन्द्रिय जेलः थाइल्याण्डमा रहेको बैकक सेन्ट्रल जेलको सवै भन्दा कठोर जेलको रुपमा लिने गरिएको छ । यस जेलमा सम्रकैदको सजाय भुक्तान गरिरहेका तथा फासीको सजाय पाएका दोषिलाई राख्ने गरिएको छ । सजाय मिलेको ३ महिना सम्म फलाको चेन लगाएर वस्नु पर्ने व्यवस्था छ । यस जेलमा खाना नदिने कारण धेरै जसो कैदी कुपोषणका कारण मर्ने गरेका छन् ।
यारबिक जेलः टर्कीमा रहेको यस जेलमा रहेका कैदीसँग गरिने व्यवहार डरलाग्दो छ । कैदीलाई गरिने अमानबिय सजायका कारण धेरै कदीको र्मत्युहुने गरेका छ । जेलमा कैदिलाई कुकुर लगाएर टोकाउने गरिएको छ भने चुरोटको ठूटो कैदीको गुप्तागमा निभाउने वा झोस्ने गरिएको सार्वजनिक भएको छ ।
कोटोनोउ सिविल जेलः पश्चिम अफ्रिकाको बेनिनमा रहेको यस जेलमा ४०० कैदी क्षमता भएपनि २५०० भन्दा बढी मानिसलाई राखिने गरेको छ । खानपिनको खास व्यवस्था नभएको यस जेलमा मानवअधिकार हननका घटना सार्वजनिक हुने गरेका छन् ।
ला सावानिटा जेल : भेनेजुएलाको यस जेलमा १५ हजार कैदी क्षमता रहेको छ । तर २५ हजार भन्दा बढी कैदीहरुले त्यहा जेल जीवन बिताइरहेका छन् । यस जेललाई नर्कको ढोका समेत भन्ने गरिएको छ । हरेक १५० जना कैदी बराबर एक सुरक्षा गार्डको व्यवस्था गरिएको छ । सुरक्षा गार्डले महिलालाई बलात्कार गर्ने गरेको आरोप समेत लाग्ने गरेको छ । सन् १९९४मा जेल भित्र भएको बिस्फोटमा १०८ कैदीको मृत्यु भएको थियो ।
0 comments
Write Down Your Responses