बिहानै दर्जनौं आन्दोलनकारी पक्राउ, कोटेश्वरमा लाठिचार्ज, ५ जना घाइते

काठमाडौं, मंगलबार बिहानैदेखि राजधानीमा प्रहरीले धरपकड गरि बिद्यार्थीहरूलाइ पक्राउ गरेको छ । काठमाडौंको रत्नपार्कबाट एकाबिहानै अखिल क्रान्तिकारीका केही विद्यार्थीहरूहरू पक्राउ गरेपछि सुरू भएको यो सिलसिला अहिले पनि जारी छ ।

बन्द गर्नका लागी रत्नपार्कमा भेला हुँदै गरेका बेला प्रहरीले धरपकड शुरू गरेको थियो ।

उता, कोटेश्वरमा भने भेला भएका आन्दोलनकारीमाथि प्रहरीले लाठीचार्ज गरेको छ । एमाओवादी स्रोतका अनुसार यहाँ शान्तिपुर्णरुपमा चोकमा जम्मा भएका मानिसहरूमाथि प्रहरीले एक्कासी लाठीचार्ज गरेको थियो । उक्त लाठीचार्जका क्रममा ५ जना आन्दोलनकारी घाइते भएका छन् ।

राजधानीको रत्नपार्क, चावहिल, कंलकी, कोटेश्वर, सातदोबाटो, महाराजगंज लगायतका स्थानहरुबाट बन्दकर्ताहरू ३० दलिए मोर्चा तथा नेकपा माओवादीका दर्जनौं नेता तथा कार्यकर्ता पक्राउ परेका छन । महाराजगंजबाट संघिय समाजवादीका महासचिव सहित ७ जना गिरुफ्तार गरिएको छ । यस क्रममा प्रहरीले १०० भन्दा धेरै अान्दोलनकारीहरूलाइ पक्राउ गरेको छ । मंगलबार माघ ८ मै सहमतिको सम्बिधानको माग राख्दै एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले नेवाः तथा ताम्मासालिङ बन्दको आव्हान गरेको छ ।

राजधानी मात्र हैन एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चा र नेकपा माओवादीले गरेको छुट्टा छुट्टै बन्दका कारण मुलुकका अन्य ठाउँहरूको जनजीवन समेत कष्टकर बनेको छ । गत सोमबारदेखि पूर्वाञ्चल र पश्चिमाञ्चल क्षेत्र बन्द नैरहेको छ । मंगलबार भने मध्यमाञ्चलमा बन्द गरिएको छ ।


बन्दका कारण राजधानी भित्रिने र बाहिरिने सवारी साधनहरू निकै कम मात्र गुडेका छन । राजधानीका सडकमा भने फाट्टफुट्ट मात्रामा सवारी साधन चलेका छन । कतिपय ठाउँमा बन्दको प्रतिकार समेत गरिएको छ । जबर्जस्ती बन्द गराउँदै हिँड्नेहरूलाइ प्रहरीले पक्राउ समेत गरेको छ ।

यता, नेपाल उद्योग वाणिज्य महासङ्घले उद्योग व्यवसायका साथै जनजीवनलाई निकै असर पर्ने गरी केही राजनीतिक दलले आह्वान गरेको बन्द तथा हडतालप्रति असहमति जनाउँदै त्यस्ता कार्यक्रम फिर्ता लिन सम्बद्ध पक्षसँग बन्दका सबै कार्यक्रम तत्काल फिर्ता लिन आग्रह गरेको छ ।

0 comments

Write Down Your Responses