गुगलले ल्यायो नयाँ सुविधा, अब जिमेलबाट पैसा पठाउन सकिने




जिमेल चलाउनु हुन्छ भने तपाईको लागि खुशीको कुरा छ । जिमेल प्रयोगकर्ताले अब एउटा इमेलको आधारमा पैसा पठाउन सक्ने भएका छन । गुगलले यो सुविधा गुगल वालेटको माध्यमबाट ल्याएको हो ।



यो सुविधाबाट फाइदा लिनको लागि भने तपाईको उमेर १८ वर्ष पुगेको हुनु पर्ने र आफ्नै जिमेल एकाउण्ट हुनुपर्ने हुन्छ । जसबाट तपाईले आफ्नो साथी र परिवारलाई इमेलको माध्यमबाट पैसा पठाउन सक्नुहुनेछ ।


पैसा पठाउने यो सुविधा चाहि डेस्कटप ब्राउजरको प्रयोग गरेर मात्र गर्न सकिनेछ । यसमा पैसा पठाउनेको साथै पैसा पाउने व्यक्तिको पनि इमेल एकाउण्ट हुनु जरुरी हुन्छ । अनि मात्र यो प्रक्रिया पूरा हुन्छ । तर पाउने व्यक्तिको भने जिमेल एकाउण्ट नै हुनुपर्छ भन्ने छैन । एजेन्सी

,

0 comments

Write Down Your Responses