प्याराग्लाइडिङबाट फेवातालमा खसेर पर्यटकको मृत्यु
पोखरा : पोखराको आकाशमा प्याराग्लाइडिङ गर्दै गरेका एक कोरियन पर्यटकको शनिबार प्यारासहित फेवातालमा खसेर ज्यान गएको छ ।
सराङ्कोटवाट एक्लै उडेर प्याराग्लाइडिङ गरेका दक्षिण कोरियाका पर्यटक ४६ वर्षीय ह्वान याङ ज्याक फेवातालमा खसेपछि उद्धार गरी गण्डकी मेडीकल कलेजमा उपचारका क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी बसन्त लामाले बताए ।
उनी केही वर्ष अघिदेखि पोखरामा प्याराग्लाइडिङ गरिरहने दक्ष प्यारापाइलोट थिए प्याराग्लाइडिङमा उड्दै गर्दा एक्रोब्याट गर्ने क्रममा प्यारा जेलीएर तालमा खसेको हुनसक्ने एक प्यारापाइलोटले बताए । उनको शव दक्षिण कोरियाबाट परिवार पोखरा आएपछि बुझाइने प्रहरीले जनाएको छ ।source tajakhabae
0 comments
Write Down Your Responses