सहमतिका लागि १० दिन बैठक रोक्न प्रचण्डको माग


पेले हिजोभन्दा कडा प्रतिवाद गरिने

काठमाडौं, माघ १०– एमाओवादी अध्यक्ष प्रचण्डले सभामुख सुबास नेम्वाङले १० दिन संविधानसभा बैठक स्थगन गरेर दलहरुलाई सहमतिको लागि समय दिनुपर्ने बताएका छन् ।


शनिबार दलहरुबीच सहमतिका लागि दबाब दिन ज्ञापनपत्र बुझाउन पुगेका रिपोर्टस क्लबका पत्रकारहरुसँग कुरा गर्दै एमाओवादी अध्यक्षले सो कुरा बताएका हुन् ।
सभामुख सुबास नेम्वाङले विपक्षी दलहरुको अवरोधकाबीच आफैं प्रश्नवाली समिति बनाउने चर्चा चलिरहेको बेला प्रचण्डले भने, ‘सभाध्यक्ष आफैंले नियम मिचेर प्रस्ताव ल्याउँदै भिडन्त निम्त्याउनु भन्दा आफ्नो अधिकार प्रयोग गरेर १० दिन संविधानसभा बैठक स्थगन गरि दलहरुलाई सहमतिको अवसर दिनुपर्छ ।’ प्रचण्डले सहमति भनेको १२ बुँदे र शान्ति प्रक्रियाका सहयात्रीबीच हुनुपर्नेमा जोड दिए ।
उनले सहमतिको बाटो छाडेर अन्य बाटोमा हिंड्न खोजे त्यसले ठूलो दूर्घटना निम्त्याउने चेतावनी समेत दिए । ‘पेलेरै अघि बढ्न खोजे भोली प्रतिवाद हुन्छ, त्यो हिजो–अस्तिको जस्तो हुन्न त्यो भन्दा कडा रुपमा हामी प्रतिवाद गर्छौं ।’

0 comments

Write Down Your Responses