नेपाली युवाहरुलाई सेक्स गर्न आउदैन त्यसैले यिनीहरुलाई सेक्स शिक्षा आवश्यकता छः नायिका सुरविना

नेपाली चलचित्र
क्षेत्रकी सेक्सी नायिका सुरविना कार्की हिन्दी फिल्मको सुटिङमा सिलगुढीमा छिन
। सुटिङमा व्यस्त नायिका कार्कीसंग गरेको कुराकानीः

हिजोआज के मा व्यस्त हुनुहुन्छ ?

हिन्दी मुभी माई टियर्स
को सुटिङमा इन्डियामा ब्यस्त छु ।

भनेपछि अब नेपाली मुभीबाट
हिन्दी मुभीमा पुग्नुभयो ?

हजुर । हिन्दी मुभीमा डेब्यू गर्दैछु । तर
नेपाली मुभी पनि गर्छु । १०
दिनमा काठमाठौँ आउँदैछु ।


कसको मुभीबाट हिन्दी फिल्ममा डेब्यु गर्दै हुनुहुन्छ ?

सिलगुढीमा बस्ने नेपाली दाजुको फिल्मबाट ।
मोहन कोइरालाको प्रोडक्सनमा बन्न लागेको छ ।
निर्देशक कुमार केसी हुनुहुन्छ भने हिरो निक सिंह ।

सिलगुढीबाट पहिलो हिन्दी मुभी हो । अनि निक
सिंह मुम्वईको व्यवसायिक मोडल ।
हिन्दी र नेपाली मुभीमा खेल्दा के फरक पाउनुभयो ?

साखै फरक त छैन । तर कम गर्ने तरिका चाँही फरक छ । म
आफैलाई पनि डाइलगहरु क्लियर बोल्न
गाह्रो भइरहेको छ । हिन्दीमा सवै फाइन छ ।
कलाकारले पाउने सव फ्यासिलिटीहरु दिनुभएको छ।

अहिलेसम्म तपाईले कति वटा नेपाली मुभी गर्नुभयो ?

चार वटा भयो । हिन्दी समेत ५ वटा हुन्छ ।

तपाई भारतमा हुनुहुन्छ नेपालमा नाइकेको खुव
चर्चा छ, तपाई प्रचारमा लाग्नुपर्दैन ?

बिजी भएर टाइम मिलाउन सकिरहेको छैन । तर १०
दिनमा नेपाल फर्केपछि सवै समय
नाइकेको प्रमोशनलाई दिन्छु । नाइके एकदमै
राम्रो बनेको छ ।

नाइके फिल्ममा हेर्नैपर्ने के छ त्यस्तो विशेष कुरा ?

पहिलो त पूरा टिम खटिएको छ । लभर
ब्वाईको रुपमा आर्यन दाइ जम्नुभएको छ । उहाँ रिस र एक्सनमा आउँदैहुनुहुन्छ । यो ग्याङस्टार
मुभीको द्धन्द्धमा नाइके छ । दर्शकले
हाम्रो मुभीमा एउटा मनोरञ्जनको प्याकेज
पाउनुहुनेछ । फास्ट कट मुभी हो । एक्सन, कमेडी र
लभलाई विषयबस्तु बनाइएको छ । सोझी केटीलाई
गुण्डा मन पर्दैन ।
त्यही गुण्डासंगको लभको कथा हो नाइके ।

तपाईलाई सेक्सी नायिका भन्छन, तपाईको कुन अंग
सेक्सी लाग्छ ?

अचम्म लाग्छ अरुले सेक्सी भनेकोमा । अनि आफै
ऐनामा हेर्छु तब आफ्नो सव शरीर नै सेक्सी लाग्छ ।
अनि लजाउँछु आफै ।

त्यसमा पनि विशेष होला नि ?
आखा र लिप्स ।
तपाईलाई सेक्सी लाग्ने नेपाली हिरो ?

त्यस्तो सेक्सी लाग्दैन । तर जीवन लुइटेल, अनमोल
केसी, सौगात मल्लसंग काम गर्न चाहन्छु ।

प्रेम प्रस्ताव कति आउँछन ?

साच्चै भन्दा मलाई प्रेम प्रस्ताव नै आउँदैन । आजसम्म मलाई कसैले पनि प्रस्ताव गरेको छैन ।

तपाईले चाँही पठाउनुभयो कि ?

हँ, कक्षा १० मा पढ्दा पठाएको थिएँ । तर अहिले बुझेर साइड लगाइदिएँ । यो समय काम गर्ने
हो क्यारियरमा फोकस गर्नुपर्छ लभ गर्ने होइन, त्यसैले
म अहिले सिंगल छु ।

सेक्स बारे तपाईको धारणा ?

सेक्सको बारेमा मलाई त्यति ज्ञान छैन । तर
आजको युवाहरुलाई सेक्स एजुकेशनको आवश्यकता छ । सेक्सको बारेमा जति खुलेर कुरा गर्यो त्यति नै
मान्छेहरु सचेत हुन्छन ।

तपाई चाँही कतिको खुल्नुहुन्छ ?

खुलेर कुरा गर्छु साथीहरुसंग ।
सेक्स अनुभव लिनु भएको छ कि छैन ?
छैन । म अहिले सेक्सको लागि मानसिक र शारिरीक
रुपमा तयार भएको छैन । सम्पूर्ण ध्यान करियर बनाउनै छ ।

उमेर घर्कन लाग्यो जस्तो लाग्दैन अव ?

ओ माई गड, म भर्खर २१ वर्षकी भएँ । कसरी उमेर घर्कन्छ ।

अन्तिममा केही भन्नु छ ?

सम्पूर्ण दर्शकहरुलाई एकपटक नाइके हेरिदिनुहुन अनुरोध गर्दछु । तपाईको सल्लाह, सुझाव र
प्रतिक्रियाको प्रतीक्षामा रहने छु । धन्यवाद

0 comments

Write Down Your Responses