घुस खानेलाई समात्नुपर्ने मान्छेले नै घुस खाएपछि….
January 14,
पोखरा । अरुले भ्रष्टाचार गरेको भए कारबाहीको दायरामा ल्याउने जिम्मेवारी बोकेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै कर्मचारी घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
आयोगको पश्चिमाञ्चल कार्यालय पोखराका अधिकृत विनोद अमात्य र लेखाअधिकृत तोयानाथ शर्मा जिल्ला जनस्वास्थ्य पर्वतका कर्मचारीसँग २ लाख रुपैयाँ घुस मागेको आरोपमा मंगलबार पक्राउ परेका हुन्।
उनीहरुले जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. नारायण ओझासँग दुई लाख रुपैयाँ घुस लिएको उजुरी छानबिनका क्रममा संकलिन प्रमाणबाट खुल्न आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
अख्तियारको केन्द्रीय कार्यालय काठमाडौंले हिरासतमा लिई मंगलबारबाटै उनीहरुमाथि छानबिन थालेको छ। औषधि किन्दा भ्रष्टाचार गरेको उजुरी परेपछि अख्तियारले पर्वत जिल्ला जनस्वास्थ्यका कर्मचारीमाथि छानबिन गरेको थियो ।
त्यसै सिलसिलामा उक्त केस मिलाइदिन्छौं भनी २ लाख रुपैयाँ घुस मागेको अख्तियारले जनाएको छ। आजको नागरिकमा समाचार छ ।
0 comments
Write Down Your Responses