जबर्जस्ती नठहरीएपछि अदालतमै बिहे
January 14
पोखरा । अघिपछि जस्तै मंगलबार पनि कास्की जिल्ला अदालतमा विभिन्न् मुद्धाका वादी प्रतिवादीहरु फैसला वा आदेशको प्रतीक्षामा थिए ।
उनीहरुकै बीचबाट एक जोडी युवायुपवती हातमा माला लिएर उभिए । अदालतका कर्मचारी, कानुन ब्यवसायी, सर्वसाधारण र संचारकर्मीको भीड लाग्यो ।
पण्डित बेदनिधि तिमिसिल्नाले आदेश दिए, केटाकेटीले एक अर्कालाई माला लगाइदिनुपर्यो । न बिवाह मन्डप थियो नता दुलहादुलही वैवाहिक पहिरनमा, जन्ती र माइतीपक्ष पनि थिएनन ।
१८ वर्षीया अल्सना रानामगर र २३ वर्षीय प्रदीप भुसालले आदेश माने । त्यसपछि प्रदीपले अल्सनालाई सिन्दुर लगाइदिए । गलामा पोते र हातमा चुरा पनि । सबैले तालि बजाए । बिहे सकियो । भीडमा सुनियो। साँचो प्रेम भनेको यस्तो पो ।
पर्वत शंकरपोखरी ७ का प्रदीप र पवर्तकै अल्सनाको दोस्रो विहेको दृश्य हो यो । भएछ के भने २ वर्षअघिदेखि प्रेम गर्दै आएका उनीहरुले गत असोज १९ मा पोखराको तालबाराहीमा बिहे गरेछन् ।
२ रात पोखरामा नै बसेर अल्सनालाई घर भित्र्याउन लैजाने क्रममा बाटोबाटै माइतीले समातेर दुलहालाई प्रहरीकहाँ बुझाएछन् ।
युवतीका आफन्तले प्रदीपले जबरजस्ती करणी गरेको अभियोग लगाए । त्यही कारण अल्सना राति टोलाइरहने, झस्कीने, गरेको भन्दै प्रदिप विरुद्ध पर्वत प्रहरीमा जाहेरी दिए ।
प्रहरीले जाहेरी पोखरा पठाइदियो । जिल्ला अदालत कास्कीको आदेशले प्रदीप पुर्पक्षकालागि कात्तिक १९ मा कारागार गए ।
उता अल्सनालाई माइतिले स्कुल बाहेक अन्यत्र जान दिएन । तर अदालतले जर्बजस्ती गरेको नठहरेको आदेश सुनाएपछि उनीहरु अदालत परिसरमै विहे गरेका छन् । आजको कान्तिपुरमा समाचार छ ।
0 comments
Write Down Your Responses