बैद्य माओवादी र ३० दलको मोर्चाको बन्दले उपत्यकाको जनजीवन प्रभावित, बन्दकर्ता पक्राउ

२९ पुस, काठमाडौं । एमाओवादीसहितको ३० दलीय मोर्चा र नेकपा-माओवादीले आह्वान गरेको बन्दका कारण बिहानैदेखि उपत्यकाको जनजीवन प्रभावित भएको छ । सहमतिमा संविधान निर्माण गर्न तथा पहिचानसहितको संघीयता निर्माण गर्ने माग राखेर विभिन्न चरणमा आन्दोलन गर्दै आएका उनीहरुले मंगलबार उपत्यका बन्दको आह्वान गरेका छन् ।


बन्दका कारण सार्वजनिक सवारीका साधन गुडेका छैनन् भने प्रदर्शन गर्ने प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बन्द सफल बनाउन प्रदर्शन गर्दै हिँडेका बन्दकर्तालाई प्रहरीले नारायणगोपाल चोकबाट पक्राउ गरेका छ । पक्राउ पर्नेमा अजम्बर राई काम्बाङ, कर्ण बूढा मगर, रमेश राई, गोपाल राई प्रचण्ड पौडेल, नवराज गुरुङ, यज्ञकुमार राई रहेको अजम्बर राई काम्बाङले जानकारी दिए ।
त्यस्तै कोटेश्वरमा प्रदर्शन गरिरहेका बन्दकर्तालाई प्रहरीले तितरविर पारेको छ ।

0 comments

Write Down Your Responses