अब निःसन्तान दम्पति भारत जान नपर्ने
बरिष्ठ स्त्री तथा प्रसुति बिशेषज्ञ डा. भोला रिजाल
कुविक एनपी न्युज
काठमाडौं,माघ १५ :ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आइ भि एफ केन्द्र संचालनमा ल्याएको छ । भारतको इन्टरनेशनल फर्टिलिटी सेन्टरको प्राविधिक सहकार्यमा अत्याधुनिक प्रविधि र बिशेषज्ञ सहितको ग्राण्डी आई भि एफ सेन्टर शुभारम्भ गरेको अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले जानकारी दिनुभयो ।
बरिष्ठ स्त्री तथा प्रसुति बिशेषज्ञ डा. भोला रिजालले ग्राण्डी आइ भि एफ सेन्टरको संचालनले नेपालमा आइ भि एफ सेवाको गुणस्तर र परिणामलाई सुधार्न सहयोग पुग्ने बताउनु भयो । सुबिधा सम्पन्न यस केन्द्रको संचालनले नेपाल सँगै भारत, पाकिस्तानका निःसन्तान दम्पतीहरुलाई पनि टेवा पुग्ने उहाँको भनाई थियो ।
ग्राण्डी आइ भि एफ सेन्टरका लागि इन्टरनेशनल फर्टिलिटी सेन्टरकी आइभिएफ बिशेषज्ञ डा. रिता बक्सीले नेपालका निःसन्तान दम्पतिका लागि यो सेन्टर अत्यन्त उपयोगी हुने र भारतमा गएर आइ भि एफ सेवा लिनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । उहाँले उचित शुल्कमा भारत वा अन्य कुनै देशमा उपलव्ध सेवा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले उपलब्ध गराएकाले ढुक्क भएर गोपनियता सहित यो सेवाको फाइदा लिन सबै निः सन्तान दम्पतीलाई आग्रह गर्नुभयो ।
इन्टरनेशनल फर्टिलिटी सेन्टरको टिमको नेतृत्व डा. रिता बक्सीले गर्नुभएको छ भने डा. सार्थक बक्सी पनि टिममा सहभागि हुनुहुन्छ । ग्राण्डी आइ भि एफ सेन्टरमा ग्राण्डी अस्पतालका स्त्री तथा प्रसुति रोग बिशेषज्ञ तथा स्त्री तथा प्रसुति बिभागका अध्यक्ष डा. पदम राज पन्त सँगै डा. समिरा सफी, डा. आभा शाक्य सँगै र डा. बन्दना श्रेष्ठ लगायतका बिशेषज्ञहरुले सेवा दिनुहुनेछ ।
.jpg)

0 comments
Write Down Your Responses