”जाडो मौसममा महिला दिदी बहिनीको लागि यो अति उपयोगी टिप्स छाला चम्काउने घरेलु उपाया ”


jadomachaala
हिउँद याममा हावामा आद्र्रता कम हुने भएकाले हाम्रो छालामा त्यसको प्रभाव पर्छ । जाडोले छाला सुख्खा र चाउरिन्छ । चिल्लो पदार्थ नलगाएमा छालाको सुख्खापना बढ्दै गएर चिलाउन थाल्छ । सामान्यतया प्रायः मानिसले जाडोमा आफ्नो छाला चिलाउने गरेको गुनासो गर्छन् ।
जाडो सुरु भए हावामा सुख्खापना आउँछ । घर भित्र न्यानो पार्न हिटर प्रयोग गरे वा आगो बालेमा हावा झनै सुख्खा भएर छाला फुस्रो हुन्छ । तापनि जाडोमा छालालाई चिल्लो, चम्किलो र आकर्षक बनाइराख्न केही सजिलो उपाय अपनाउन सकिन्छ ।
यसका लागि समय र पैसा बर्बाद गर्नुभन्दा घरेलु विधिबाट बनाइएका फेस प्याक प्रयोग गरी अनुहारको छाला सुन्दर र चम्किलो बनाउनु राम्रो हुन्छ। अनुहारमा फेस प्याक लगाउनुअघि कपासको टुक्रालाई दूधमा भिजाएर त्यसले आफ्नो अनुहार पुछ्दा अनुहारमा भएका मसिना धुलाका कणहरू हटाउनुका साथै छालाको प्वाल पनि खुल्छ।
त्यसैगरी बदामको तेलमा कपास भिजाएर अनुहार पुछी त्यसमा फेस प्याक लगाउँदा पनि फाइदा हुन्छ। पुदिना प्याक सामग्री पुदिनाका ताजा पातहरू एक चिम्टी बेसारको धुलो मन तातो पानी विधि : पुदिनाका केही पात लिएर त्यसलाई मसिनो बनाएर पिस्ने।
त्यसमा एक चिम्टी बेसारको धुलो हालेर राम्रोसँग मिसाउने। मनतातो पानीले अनुहार धोएपछि त्यसमा यो लेपलाई लगाउने। पन्ध्र मिनेटसम्म राखेर यसलाई पखाल्ने। मुसुरो प्याक सामग्री मुसुरोको दाल पानी काँचो दूध बदामको तेल विधि :
आवश्यकताअनुसार मुसुरोको दाललाई रातभरि पानीमा भिजाउने। यसको बोक्रा निकालेर पिस्ने। यसमा काँचो दूध र बदामको तेल हालेर बनाएको पेस्टलाई अनुहारमा लगाउने। काँक्रो प्याक सामग्री : एउटा काँक्रो : एक चम्चा चिनी विधि : काँक्रोको भित्री भाग निकालेर त्यसलाई एउटा भाँडोमा हाली मिच्ने।
त्यसमा एक चम्चा चिनी हालेर राम्ररी मिसाउने। यसलाई चिसो बनाउन फ्रिजमा राख्ने। यो लेप अनुहारमा दलेर करिब १० मिनेटसम्म त्यसै राख्ने। त्यसपछि चिसो पानीले अनुहार पखाल्ने। गोलभेडा प्याक सामग्री : गोलभेडाको गुदी : एक थोपा मह विधि : गोलभेडाको गुदी निकालेर त्यसमा एक थोपा मह मिसाउने।
यसलाई अनुहारमा दलेर केही बेर राखे पछि चिसो पानीले अनुहार पखाल्ने। जौको प्याक सामग्री : काँक्रो : एक कप जौको पीठो : एक चम्चा दही विधि : काँक्रोको गुदी निकालेर त्यसमा एक कप जौको पीठो र एक चम्चा दही हालेर राम्रोसँग मिसाउने।
यसलाई अनुहारमा दलेर करिब आधा घन्टासम्म राख्ने र मनतातो पानीले पखाल्ने। बेसन प्याक सामग्री बेसनको पीठो मह विधि : बेसनको पीठोमा मनतातो मह मिसाउने। यसरी बनेको लेपलाई अनुहारमा दलेर २० मिनेटसम्म राखेपछि चिसो पानीले पखाल्ने।
यो लेपलाई नियमित रूपमा लगाउँदा डन्डीफोरको समस्यामा राहत पुग्छ। खर्बुजा प्याक : दुई चम्चा काँक्रोको जुस : दुई चम्चा खर्बुजाको जुस : एक चम्चा दही : एक चम्चा धुलो दूध विधि : माथि दिइएका सम्पूर्ण सामग्री मिसाएर अनुहारमा दल्ने। यसको करिब १५ मिनेट पछि अनुहारलाई चिसो पानीले राम्ररी पखाल्ने।एजेन्सी

,

0 comments

Write Down Your Responses