काठमाडौं, सोच्नुस त यदि तपाइँ मेट्रो ट्रेनमा यात्रा गरिरहनु भएको छ र त्याहाँ अचानक तपाइँको बिचमा कुनै युवती पाइन्ट बिना प्रवेश गरिन भने तपाइँलाइ कस्तो लाग्दछ ? अचम्म नमान्नुस, यस्तो दृष्य आजकल मेक्सिको, न्यूयोर्क, वाशिंगटन सहित कयौं शहरहरूमा खुलेआम देख्न पाइन्छ । बास्तबमा मेक्सिकोमा हिजोआज ‘नो पेन्ट सबवे राइड’ मनाइँदैछ, जस अन्तर्गत मानिसहरू बिना प्यान्ट मेट्रोमा यात्रा गरिरहेका छन ।
‘नो प्यान्ट सबवे राइड’ का आयोजकहरूका अनुसार यो आयोजना संसारका कयौं शहरहरूमा मनाउने गरिन्छ । यस कार्यक्रममा भाग लिनका लागी मानिसहरूलाइ मेट्रोमा बिना प्यान्ट यात्रा गर्नुपर्दछ । यद्दपी, जो मानिस यसमा भाग लिँदैनन, उनीहरूका लागी भने यो सबै निकै रमाइलो हुने गर्दछ । आफ्नो बिचमा अन्डरवियरमात्र लगाएका युवा युवतीहरू देखेर उनीहरू पहिले त अचम्ममा पार्दछन, त्यसपछि मरिमरि हास्न थाल्दछन । जब निकै बेर पछि यस कुराको चाल उनीहरूले पाउँदछन ।
यस क्रममा केही मानिसहरू यस्ता पनि हुन्छन, जो उनीहरूको बिचमानै ट्रेनमा प्यान्ट फुकालेर यसमा सहभागी हुने गर्दछन । युवा युवतीहरूका बिचमा यो कार्यक्रम निकै लोकपृय भैरहेको पाइन्छ । निकै चिसो ठण्डीका बेलामा पनि मानिसहरू पाइन्ट बिना घुमेको देख्दा मानिसहरू अचम्म मानेर हेर्ने गर्दछन ।
हरेक बर्षको १२ जनावरीका दिन अमेरिका सहित संसारका बिभिन्न भागहरूमा ‘नो प्यान्ट्स सबवे राइड डे’ सेलिब्रेट गरिन्छ । यसको शुरुवात सन २००२ मा ‘इभप्रोभ’ नामको चर्चित थिएटर ग्रुपले गरेको थियो । यस ग्रुपका सात जना सदस्यहरूले पहिलो पटक न्यूयोर्कमा ‘नो प्यान्ट्स सबवे राइड डे’ मनाएका थिए, जुन अहिले संसारभर निकै प्रसिद्ध भैसकेको छ । सन २००६ मा न्यूयोर्कमा १५० जना मानिसहरूले यसरी यात्रा गरेका थिए । यस क्रममा आठ जनालाइ भने अव्यवस्था फैलाएको आरोपमा गिरफ्तार पनि गरिएको थियो ।
यद्दपी, पछि उनीहरूलाइ छोडिएको थियो । यस इभेन्टमा संसारका २५ भन्दा धेरै देशहरूका ६० शहरहरूमा यो कार्यक्रम मनाइन्छ । ‘नो प्यान्ट्स सबवे राइड डे’ अन्तरगत प्यासेन्जरहरू बिना प्यान्ट लगाएर भिन्न भिन्न स्टेशनहरूबाट मेट्रोमा चढ्दछन । इभेन्टमा सहभागी हुने मानिसहरू प्यान्ट बाहेक सबै लुगा भने लगाउँदछन ।
नो प्यान्ट्स सबवे राइड डे’ अन्तर्गत सन २०१४ मा अमेरिका, स्पेन, चीन र लण्डनमा मानिसहरूले एक दिन बिना प्यान्ट्स मात्र अन्डरवियर लगाएर बिताएका थिए । यो बर्ष पनि अमेरिका समेत संसारका बिभिन्न देशहरूमा ‘नो प्यान्ट्स सबवे राइड डे’ सेलिब्रेट गरिँदैछ ।
0 comments
Write Down Your Responses