दीपिकाले पूर्वप्रेमी रणवीरसँग किन विवाह नगर भनिन् कट्रिनालाई ?

मुम्बई । रणवीर कपुर र कट्रिना कैफको प्रेम सम्बन्ध विवाहमा परिणत हुन लागेको हल्लाकाबीच विभिन्न टिकाटिप्पणी पनि सार्वजनिक भइरहेका छन् ।
उनीहरुबीचको प्रेम सम्बन्धमा अब कुन मोड आउँछ भन्ने अहिले नै एकिन भइसकेको छैन । तर, रणवीरकी पूर्व प्रेमिका नायिका दीपिका पादुकोणले एक पुरस्कार वितरण कार्यक्रमका दौरान कट्रिनालाई रणवीरसँग विवाद नगर्न सुझाव दिएको खबर सार्वजनिक भएको छ ।


एक अंगे्रजी पत्रिकाका अनुसार २ दिन पहिले एक अवार्ड वितरण कार्यक्रममा एक्लै पुगेकी दीपिकाले हाँस्दै भनिन्, ‘म कट्रिनालाई के सल्लाह दिन चाहन्छु भने ‘Do Not Marry Ranbir kapoor’. अर्थात रणवीरसँगको विवाह रद्द गर ।
केही दिन पहिलेमात्रै उनीहरुबीच इन्गेजमेन्ट भएको खबर आएको थियो । यस्तो अवस्थामा दीपिकाले रणवीरसँग विवाह नगर्न दिएको सल्लाह साँच्चै हो वा मात्र मजाक गरेको त्यो भने खुल्न सकेको छैन । दीपिका हरेकजसो कार्यक्रममा प्रेमी रणवीर सिंह सँग देखिने भएपनि उक्त कार्यक्रममा एक्लै पुगेकी थिइन् ।

0 comments

Write Down Your Responses