मेरो पुत्ला जलाउने भए जाडोमै जलाउनु तातो हुन्छ : ओली

नेस संवाददाता । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा मोर्चा सहित बसेको प्रमुख राजनितिक दलहरुको बैठकमा एमाले अध्यक्ष ओलीको बोली निकै चर्चित रह्यो । उनकै कारण बैठक भाडिएको आरोप लगाउदै राजेन्द्र महतो लगायत मोर्चा तथा एमाओबादी बैठकबाट बाहिरिएको थियो ।
राजेन्द्र महतोले झापा देखि कञ्चनपूर सम्मको भूभाग एक मधेष प्रदेशमा राख्न प्रस्तव गरेपछि ठट्याउलो पारामा ओलीले ‘किन त्यति मात्र यूपी बिहार पनि समतल छ भने पछि आफ्नो अपमान गरेको र ओलिले माफि माग्नु पर्ने सर्त अघि सारे ।


मोर्चाको बैठकनै वसेर तराई केन्द्रित दलहरुले केपी ओली भएको बैठकमा सरिक नै नहुने निर्णय गरे । त्यस संगै मधेषमा एमाले अध्यक्ष ओलीको पूत्ला दहनले समेत व्यापकता पायो ।
त्यस प्रति लक्षित गर्दै ओलीले एमालेले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा भने, मेरो पुत्ला जलाउने भए जलाउ, जाडो छ न्यानो हुन्छ ।
उनले मधेसवादी दलहरुले संविधानलाई आलु प्याज किनेको जस्तो मोल मोलाई गरेको आरोप लगाए ।
मधेसवादी दलहरुको तरिका गलत भएको भन्दै अध्यक्ष ओलीले मधेसवादी दलहरुले आफ्नो दुनो सोजाउने काम गरेको बताए ।
मधेसवादी दलहरुले भनेको माग पुरा गरेको भन्दै ओलीले भने  पहिला घोडा चाहियो भने किनियो, पछि भएन हात्ती चाहियो भने ल ठिकै छ भनियो, अव एउटा सानो झोला ल्याएर हात्ती झोलामा हाल्देउ भन्छन् कसरी हुन्छ ।

0 comments

Write Down Your Responses