सडकमा भेटिएको ३० लाखको रिचार्ज कार्ड गाडीधनीद्वारा फिर्ता
दाङ । दाङको तुलसीपुरमा एक गाडीधनीले सडकमा भेटिएको ३० लाख ३० हजारको रिचार्ज कार्ड फिर्ता गरेका छन् ।
पैसा भनेपछि हुरुक्कै हुने मानिसको प्रवृत्तिलाई चुनौति दिदै उनले उदाहरणीय काम गरेका हुन् । ना ५ ख ५२५९ नम्बरका गाडीका धनी इन्द्रबहादुर शाहले शुक्रबार पूर्वपश्चिम राजमार्गको चन्द्रौटामा एनसेलका दुई कार्टुन रिचार्ज कार्ड फेला पारेका थिए ।
उक्त रिचार्ज कार्ड उनले तुलसीपुरमा सम्बन्धित व्यक्तिलाई बोलाएर फिर्ता गरिदिएका हुन् । काठमाडौंबाट दाङ आउँने क्रममा उनले यत्रो परिमाणमा रिचार्ज कार्ड फेला पारेका थिए ।
दाङमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले कार्टुनमा रिचार्ज कार्डको मूल्य ३० लाख ३० हजार उल्लेख गरिएको देखेपछि मानवीयताको नाताले सम्बन्धित धनी खोजेर फिर्ता गरिदिएकोे बताए ।
कार्यक्रममा जिसन टे«ड लिंक नेपालगञ्जका मध्यपश्चिम प्रतिनिधि अब्दुल रमजानले सामान फेला पारी फिर्ता गर्ने शाहलाई धन्यवाद दिँदै यस्तै इमान्दार व्यक्तिहरुकै कारण समाजमा विश्वास र भाइचारा कायम रहेको बताए ।
0 comments
Write Down Your Responses