प्रचण्ड नेतृत्वको मोर्चा नेम्वाङसँग आगो





९, माघ,काठमाडौं ।


एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मोर्चा सभामुख सुवास नेम्वाङसँग आगो भएको छ । मोर्चाले नेम्वाङले जबरजस्ती गरेर प्रक्रिया अगाडि बढाउन खोजेको भन्दै आइतवारको बैठकमा यस्तो गरिए शसक्त प्रतिकार गर्ने निर्णय गरेको छ ।


सिंहदरवारमा शनिवार बसेको  लोकतान्त्रिक गणतान्त्रिक गठबन्धको बैठकले कांग्रेस–एमालेले बहुमतको बलमा मुलुकलाई मुठभेडमा लैजान खोजेको निष्कर्ष निकालेको छ ।



संघीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले सभाध्यक्ष नेम्वाङले संविधानसभामा गरेको रुलिङले झन द्धन्द्ध बढ्ने भएकाले सडक आन्दोलनलाई प्रभावकारी बनाउने निर्णय गरेको बताए । उनले भने,‘हामी वार्ताबाटै सहमति होस भन्ने पक्षमा छौ तर कांग्रेस–एमाले र सभामुख जबरजस्ती गर्न खोजी रहनुभएको छ ।’


अहिलेको परिस्थिति सृजना हुनुमा कांग्रेस–एमाले दोषी रहेको आरोप लगाएको छ । सहमति गर्नको लागि आफ्नो मोर्चाले देखाएको लचकलाई उनीहरुले कमजोरी ठानेको निष्कर्ष मोर्चाले लिनकालेको छ । सदभावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले सत्ता पक्षले मुठभेड चाहेको बताए । ‘संविधानसभाभित्र मात्र होइन, बाहिरसमेत सत्ता पक्षले मुठभेड निम्त्याउन खोजेको छ’,उनले भने,‘ ‘विभिन्न जिल्लामा प्रहरीको आडमा सत्ता पक्षका कार्यकर्ताले विपक्षी कार्यकर्ता कुटपिट गर्न सुरु गरेका छन् ।’

उनका अनुसार संविधानसभामा आइतबार सभाध्यक्ष नेम्वाङले बहुमतीय प्रक्रिया अघि बढाए सशक्त प्रतिरोध गर्ने निर्ण गरेको छ

0 comments

Write Down Your Responses