कैलालीमा चार वर्षीया बालिका बलात्कृत
कैलाली,२४ वैशाख-कैलालीमा चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कैलालीको मसुरियामा बिहीबार दिउँसो ३ बजे एक चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जोशीपुर–६ का चुकिया कठरिया महतोलाई पक्राउ गरेको हो ।
मसुरिया बजारमा महतो अटो वर्कशप सञ्चालक कठरियाले बालिकालाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ ।
बालिकालाई ललाइफकाइ आफ्नो कोठामा लगेर बलात्कार गरेपछि पीडित बालिकाले आफ्नी आमालाई सो घटनाबारे बताएपछि घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ ।
अभियुक्तले आफूले बलात्कार गरेको स्वीकार गरेकाले थप अनुसन्धानका लागि जिल्ला चलान गरिएको र बालिकाको स्वास्थ्य परीक्षणका लागि सेती अञ्चल अस्पताल लगिएको प्रहरी नायब निरीक्षक लक्ष्मण चन्दले जानकारी दिएका छन् ।
0 comments
Write Down Your Responses