फेसबुकले एक युवकको रातारात यसरी भाग्य चम्कायो,गरिबले भेट्यो अमेरिकी गोरी स्वास्नी
२०७१ फागुन ६ गते
भनिन्छ, साँचो प्रेमलार्इ जात, धर्म, देश र भूगोलले छेक्न सक्दैन । मनैबाट साँचो प्रेम गर्ने हो भने प्रेमिल जोडीलार्इ मिलाउन दुनियाँ नै एक भएर लाग्ने बताइन्छ ।
चोखो प्रेम भए सात समुद्रपारीको मायालुसँग पनि भेट हुनसक्ने प्रमाणित गरेका छन्, एक प्रेमिल जोडीले । भ्यालेन्टाइन डे को पूर्वसन्ध्यामा सार्वजिनक यो घटनाले भारतीय सञ्चारमाध्यमा खुबै चर्चा पाएको छ ।
भारतको उत्तर प्रदेशस्थित शाहजहापुरबाट प्रेमको एउटा रोचक कहानी बाहिर आएको हो । फेसबुकबाट शुरु भएको मित्रता प्रेममा बद्लिएपछि अमेरकाकी युवती भारतीय युवासँग विहे गर्ने भारत आइपुगेकी छन् ।
गरिब परिवारका भारतीय युवाको परिवार अमेरिकन युवतीसँग साइनो गाँस्न पाउँदा खुसी भएको छ। अमेरिकाबाट प्रेमीसँग लगनगाँठो कस्न भारत आइपुगेकी युवतीलार्इ हेर्न केही दिनयता मानिसको ताँतै लागेको छ ।
फेसबुकमा भेटिएको साथी सात समुद्र पार गरेर भारत आइपुगेकी युवतीको नाम डोना ग्रोवल रहेको छ । उनी अमेरिकाको डेलाबेयर राज्यमा बस्ने गरेकी छन् । डोना र शाहजहाँपुरका सलमान अख्तरबीच सन् २०११ जुलार्इमा फेसबुकमा भेट भएको थियो । उनीहरुबीच फेसबुक च्याटिङबाट शुरु भएको मित्रता प्रेममा परिणत भएको हो ।
आफ्नी अमेरिकी मित्र डोनासँग कुरा गर्न सलमान कुनै बेला साथीसँग पैसा सापटी लिएर फेसबुक चलाउने तथा फोन गर्थे । दुबैजनाको मित्रता विस्तारी प्रेममा बद्लिएको हो ।
फेसबुक च्याटमै नजिकिँदै गएपछि डोनालार्इ सलमान यति धेरै मन पराइन् कि एकै पटक नभेटेका सलमानसँग उनले अमेरिकाबाटै विहे गर्ने निर्णय लिइन् ।
सलमानसँग विहे गर्ने योजना बुनेर डोना अमेरिकाबाट सिधै भारत आइन् । उनी सलमानसँग विहे गर्नु पहिले सलमान र उनको परिवारसँग राम्ररी घुलमिल हुन चाहान्छिन् । उनले एक आपसमा राम्ररी घुलमिल र समझदारी कायम गरेपछि सलमानसँग विहे गर्ने भएकी छन् ।
डोना आफ्नो हुनेवाला जीवनसाथीलार्इ भेट्न केबल १ सय ८० दिनको टुरिस्ट भिसा लिएर भारत आएकी हुन् । १ सय ८० दिनमा उनी आफ्ना प्रेमीसँग खुसीसाथ दिन बिताउन चाहान्छिन् ।डोनासँग सलमानको विहे गरिदिन सलमानको परिवार तयार भइसकेको छ। अमेरिका रहेका डोनाका परिवारले पनि सलमानसँग विहे गर्ने नगर्ने निर्णय लिने सबै जिम्मा डोनालार्इ नै सुम्पेको छ ।
केही समयअघिमात्रै भारत भ्रमणमा आएका अमेरिकी राष्ट्रपति बाराक ओबामा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बन्धलार्इ लिएर दुनियाँभर चर्चा भएको थियो ।
ओबामा र मोदीको चर्चासँगै यी अमेरिकन युवती र भारतीय युवाबीचको विहेको कुराले अमेरिकन नागरिक भारतीय भारतीय संस्कृति मन पराउन थालेको बताइन्छ । अब भारतीय र अमेरिकनहरु सलमान र डोनाको विहे हुने दिन कुरेर बसेका छन् ।
0 comments
Write Down Your Responses