विश्वका ५ ठूला जहाजहरू!!
आजसम्मको विश्वका ५ ठूला जहाजहरूको तस्विर र केहि विवरणहरू हेरौँ। साँच्चै नै यी जहाजहरू कमालका छन्
१. 'युक्रेनियन एन्टोनोभ एन्-२२५ म्रिया' जसलाई अझसम्मकै सबभन्दा ठूलो जहाजको रूपमा मानिन्छ।
सन् १९८८ डिसेम्बर २१ मा यो विमानले पहिलो उडान गरेको थियो, जुन वास्तवमा सैनिकि प्रयोगको लागि बनाइएको थियो। रुसी अन्तरीक्ष विमान बोक्नको लागि बनाइएको यो विमानको निर्माण गर्दा यसको इन्जिन बलियो बनाइएको थियो।
यो विमानमा ६ वटा इन्जिन प्रयोग गरिएको छ र यसको तौल ६४० टन भन्दा धेरै रहेको छ। अहिलेसम्म यस्तै विमान जम्मा एउटा मात्रै बनाइएको छ।
२. दोस्रोमा छ, 'एयरबस ए३८० एफ्'।
यसको पहिलो उडान सन् २००५ अप्रिल २३ मा भएको थियो। यो विमानमा ५२५ वटा यात्रु सिट सामिल गरिएको छ र यसलाई अहिलेसम्मकै ठूलो यात्रु विमान मानिन्छ।
३. तेस्रो श्रेणीमा पर्ने 'बोइन्ग ७४७-८' लाई भने संसारकै सबभन्दा लामो विमान मानिन्छ र यसको लम्बाई ७७ मिटर रहेको छ। यसमा ४६७ यात्रु सिट रहेको छ भने यसको निर्माण गर्दा विशेष गरी इन्धनको बचतमा ध्यान दिइएको थियो।
४. बोइन्ग परिवारमै पर्ने 'बोइनग ७४७-४०० इ.आर्.' भने चौथो श्रेणीमा पर्दछ। यो अझसम्मकै सबैभन्दा धेरै बिकेको विमान हो र यसको आकार र बनावट असाध्यै सुन्दर रहेको छ।
यसको पङ्खा ६४.४ मिटरमा फैलिएको छ भने कुल लम्बाई ७०.६ मिटर रहेको छ। ५२४ सिट भएको यस विमानको आन्तरिक डिजाइन भने सबै आधुनिक रहेको छ।
५. पाचौंऔँमा 'युक्रेनियन एन्-१२४ रुस्लान' पर्दछ। अझसम्म रुस्लानलाई विश्वको दोस्रो गह्रौँ विमान मानिन्छ।
0 comments
Write Down Your Responses