विपक्षीको बैठकमा विजय गच्छदारको साटो गणेश लामा
२२ माघ, काठमाडौं ।
गुण्डा नायिके गणेश लामा एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाको बैठकमा सहभागी भएका छन् । विजय कुमार गच्छदारको मधेशी जनाधिकार फोरम लोकतान्त्रिकको सदस्यकोरुपमा उनी ३० दलीय मोर्चाको बैठकमा पुगेपछि नेताहरु मुखामुख गरेका थिए ।
पछिल्लो समयमा एमाओवादीसँग केही दुरी बनाइरहेका गच्छदार आफू विराटनगरमा रहेका कारण बैठकमा गणेश लामालाई पठाएका थिए ।
लामा सम्पति सुद्धीकरण आयोगद्वारा विशेष अदालतमा मुद्धा दायर गरिएका गुण्डा नायिके मध्ये एक हुन् । असुली र गुण्डागर्दीबाट करोडौं कमाएको अभियोग लागेका उनी ३ करोड रुपैयाँ धरौटी राखेर जेलमुक्त भएका थिए ।
0 comments
Write Down Your Responses