राजेश हमालले टुँडिखेलमा झाडु लगाउँदा

काठमाडौं, ३ जेठ । भूकम्प पीडितलाई राहत प्रदानको लागि केही समय पहिला विदेश पुगेर आर्थिक संकलनमा शक्रिय देखिएका नायक राजेश हमाल नेपाल फर्किए पछि भने सरसफाई सम्बन्धि चेतना जगाउन लागि परेका छन् ।
उनले आइतवार राजधानीको टुँडिखेलमा पुगेर झाडु सेमत लगाएका छन् । उनले टुँडिखेलमा झाडु मात्र लगायनन्, भूकम्प पीडित सर्वसाधरणलाई सरसफाइमा विषेश ध्यान दिन आग्रह पनि गरे । उनले टुँडिखेलमा झाडु लगाएको र सावुन पानीले हात सफा गर्न सिकाएको तस्वीर आफ्नो फेसकुकमा समेत अपलोड गरेका छन् ।

हमालले केही तस्बीर फेसबुकमा अपलोड गर्दै लेखेको छन्, ‘धेरै कुरामा भर पर्नु पर्ला तर सरसफाइ हामी सबैको कर्तव्य र जिम्मेवारी हो ।’ हमाल कोसिस हेल्थकेयर फाउण्डेशनले सुरु गरेको सरसफाइ अभियानमा सरिक हुन टुँडिखेल पुगेका हुन् । उनको साथमा केही अन्य कलाकारहरु पनि पुगेका थिए ।
नेदरल्यान्डको एक संस्थाले भूकम्प प्रभावितका लागि शुरु गरेको आर्थिक संकलन अभियानमा राजेश हमालको पनि सहभागीता रहेको थियो । उक्त संस्थाले करिव एक अर्ब रुपैयाँ संकलन गरेको जनाईएको छ ।

0 comments

Write Down Your Responses