डरलाग्दो चिनियाँ सेनाका खतरनाक महिलाहरु..(फोटो फिचर)
Jan 31, 2015
चीनको कुरा गर्ने बितिकै उसको भीमकाय सेना दिमागमा आइहाल्छ। संख्याका हिसावले संसारकै सबै भन्दा ठुलो चिनियाँ सेना रणकुशल र प्रविधीका हिसावले पनि अगाडी मानिन्छ। जनमुक्ति सेनाका नाममा चीनसंग २२ लाख ८५ हजार सेना छ।
चीनको शक्तिशाली सेनामा महिलाको उपस्थिति पनि राम्रै छ। कुल सेनाको करिब ८ प्रतिशत संख्या महिला रहेको बताइन्छ।
चीनको सेनाको प्रमुख र शक्तिशाली वायु सेनामा पनि महिलाको संख्या बढ्दै गएको छ। केही वर्ष अघि २ करोडबाट छानेर चिनियाँ सेनाले ६ महिलालाई युद्ध विमानको पाइलट बनाएको घट्नाले चर्चा बटुलेको थियो। चिनियाँ मिडियाले पनि उनिहरुलाई क्षमतावान, वफादार र निडर भन्दै प्रशंसा गरेको थियो ।
इन्टरनेटका कयौं साइटहरुलाई देशभित्र रोक लगाएको चीनले चिनियाँ सेनाका केही गतिविधी भने बाहिर ल्याएको छ। उत्तर कोरिया झै पुर्णरुपमा बन्द नभए पनि चीनका कयौं सुचना सर्वसाधारणको पहुँच बाहिरै छन्।
केही दिन अघि सरकार नियन्त्रित पिपुल्स डेलीले सार्वजनिक गरेका महिला सैनिकहरुको तालिमका तस्विरहरुले यतिखेर इन्टरनेटमा चर्चा बटुलेका छन्।
यी तस्विरले चिनियाँ सैनिक हलचलको जानकारी नदिए पनि झल्को भने अवश्य दिन्छ।
चिनियाँ रक्षा बजेट पनि वर्षेनी तीब्र गतिमा बढिरहेको छ। सन २०१४ मा चिनियाँ रक्षा बजेट १३२ बिलियन डलर पुर्याइएको छ जुन अघिल्लो वर्ष भन्दा १२.२ प्रतिशत बढि हो। यो चिनियाँ सरकारले देखाउने तथ्याङक मात्र भएको र वास्तविकतामा चिनियाँ रक्षा बजेट कम्तिमा ४० प्रतिशतले बढेको अनुमान पश्चिमा मिडियाहरुले गर्ने गरेका छन्।
चिनियाँ सेनामा बढेको लगानीलाई लिएर ‘सुपर पावर’ मानिने अमेरिका सहित अन्य प्रतिस्पर्धी देशहरुको चिन्ताको पारो पनि उतिकै बढेको छ। पछिल्लो समयमा चीनले अन्तरिक्षमा पाएको सफलताले पनि अन्य प्रतिष्पर्धी देशहरुलाई चीन ‘डरलाग्दो’ बन्दै गएको छ। भुउपग्रहलाई खसाल्ने सक्ने क्षमता भएको मिसाइलमा सफलता हासिल गर्ने पहिलो मुलुक बने यता चीन अमेरिकाका लागि निकै ठुलो टाइको दुखाइको विषय बनेको छ।
0 comments
Write Down Your Responses