पैसा कमाउन मलेसिया पुगेका ज्वाइँले सासूलाई फोनमा भने, ‘आमा पेटभरि खान पनि पाइनँ’

सुनसरी, १० चैत

मलेसियामा रहेका ज्वाइँ सुनिल साहले सुनसरीको दुहबीकी उर्मिला हलुवाई साहलाई फोन गरेर आफूले भोगेको पीडा पोखे ।

‘आमा नेपालै फर्कन्छु यहाँ अघाउँजी खान पनि पाइएन, साह्रै दुःख भयो । एक हप्तादेखि ज्वरोले थला परेको छु । उपचार पनि गराइदिँदैनन् ।

कहिलेकाहीँ काममा लगाएर बढीजसो थुनेर राख्ने गरेको सुनिलले बताए ।

‘फोन गरेर ज्वाईँ रोएको रोयै गर्छन्’, उर्मिलाले भनिन्, ‘समूहलाई १० किलो चामल दिँदोरहेछ, कसरी बाँच्लान् ?
दुहबीकै पुनम सरदारलाई पनि पति रोशनले फोनमा यस्तै पीडा सुनाए ।

गाउँबाट गएका १४ भन्दा बढी युवाका परिवारलाई आफन्त र तिनका साथीले यस्तो खवर सुनाएपछि सबै एक

भएर म्यानपावर कम्पनीका प्रतिनिधिलाई आफन्त फर्काइदिन आग्रह गरे ।
कान्तिपुर दैनिकबाट

0 comments

Write Down Your Responses