फेसबुकमा महिलालाई अश्लील म्यासेज पठाउँनुहुन्छ, होस गर्नुहोस्


March 23, 2015 

काठमाडौं । फेसबुकमा तपाईले महिलालाई अभद्र र आपत्तिजनक म्यासेज पठाउने गर्नुभएको छ भने अब सावधान हुनुहोस् ।

खासगरी भारतको केरलाबाट फेसबुकमा महिलामाथि हुने यसप्रकारका क्रियाकलापको गोप्य तरिकाले इन्टरनेट अनुगमन गर्ने र त्यसलाई सार्वजनिक रुपमा सार्वजनिक गरिदिने प्रक्रियाको सुरुवात भएको छ ।

यदी तपाईले यस्तो म्यासेज पठाएमा त्यसको स्क्रिनशट लिने र सेक्सुअल्ली फ्रस्ट्रेटेड मल्लु (एसएफएम) मार्फत पोस्ट गरिदिन्छ । यो पेज सन् २०१४ देखि सुरु भएको हो ।
यो पेज २० वर्षको उमेरका ५ युवाहरु मिलेर सुरु गरेका हुन् । पहिले केही मानिसहरुले आफूहरुको कामको विरोध भएपनि पछि आएर माफी मागेको उनीहरुको भनाई छ ।
उनीहरुले आफ्नो पहिचान गोप्य राखेका छन् र उक्त पेजमा जोडिनेको नाम समेत गोप्य राख्ने गरेका छन् । जसले गर्दा उनीहरुलाई सूचना दिने व्यक्ति सुरक्षित हुनेछ ।
अहिले यो पेजमा ७५ सय भन्दा बढी लाइक भइसकेको र यसले त्यस्ता गतिविधिहरुको सुक्ष्म तरिकाले अध्ययन गरिरहेको छ । आत्मनिर्भर यो समूहरुले सामाजिक सञ्जालका एकाउन्ट हरेक व्यक्तिमा पुग्ने कोशिस गरिरहेको छ ।
पछिल्लो समयमा साईबर क्राइमको सिकार भइरहेकाहरुको दरिलो साथ यो समूहलाई छ ।

0 comments

Write Down Your Responses