काठमाडौं आउँदै छन् शाहरुख खान

काठमाडौं,फागुन २३ – बलिउडका किङका रुपमा चिनिने शाहरुख खानलाई एउटा व्यापारिक कम्पनीले काठमाडौं उतार्ने भएको छ ।


कान्साई नेरोल्याक पेन्ट्सले उनलाई एक दिनका लागि ल्याउन लागेको हो । १७ मुलुकमा शाखा रहेको भारतको प्रतिष्ठित पेन्ट्स कम्पनीको नेपालमा प्रवर्दशनका लागि बलिउड अभिनेता आउन लागेका हुन् ।

शाहरुख उक्त पेन्टसको ब्रान्ड एम्बेसडर हुन् । उनले नारी दिवसकै दिन परेको पत्रकार सम्मेलनमा आइतबार द हयात रिजेन्सीमा उपस्थित जनाउने बताइएको छ ।

उक्त कार्यक्रममा कान्साई नेरोल्याक नेपाल प्रमुख एााचएम भारुकाको पनि उपस्थिति रहने कम्पनीले जनाएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 comments

Write Down Your Responses