आजको राशिफल : आज मिति २०७१ साल चैत ११ गते बुधवार

आजको राशिफल
meshमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आम्दानीमा कमी त हुने छैन, यद्यपि सोचेजस्तो लाभ मिल्न सक्दैन । दिदीबहिनी, कुटुम्ब र नातेदारका बीचमा असमझदारी हुनसक्छ । निरर्थक र प्रतिफलरहित दिक्कलाग्दो यात्राको सम्भावना छ । बसउठ र खानपानमा समस्या पर्न सक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

brishबृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
शरीरमा स्फूर्ति र उमंगको कमी हुनेछ । इष्टमित्रको चाप र जिम्मेबारी वहन गर्नु पर्नेछ । प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ । जोसुकैलाई मन पेट खोलेर नदिनु होला । सामान्य कुरालाई गम्भीरतापूर्वक लिने बानीले दुखित भइने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

mithunमिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
कृषिक्षेत्रबाट बेफाइदा हुनेछ । यात्रा घातक बन्नसक्छ । अनावश्यक र निरर्थक लगानी बढ्नेछ । आम्दानीका मार्ग अवरुद्ध हुनेछन् । स्वास्थ्य प्रतिकूल रहनेछ । चिन्ता र शंकाले मन व्याकुल हुनसक्छ । पारिवारिक सहयोग प्राप्त हुँदैन । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

karkatकर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । पढाइमा प्रगति हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

singhaसिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
श्रममूलक काम वा कृषिक्षेत्रका काममा मन जानेछ । प्राविधिक कामबाट सोचेजस्तो सफलता हात पर्ने छैन । अध्ययन र चिन्तनमा ध्यान केन्द्रित हुन सक्दैन । कुनै नतिजाको पर्खाइमा हुनुहुन्छ भने आज निराश हुनुपर्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

kanyaकन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ । साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइने छ । दाजुभाइ र दिदीबहिनीले दिएको सुझावलाई पालना गर्दा लाभ प्राप्त हुनसक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

tulaतुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ, त्यसबाट स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । वर्तमान समयलाई धैर्यता, संयमता र सोचविचार गरी उपयोग गर्नु बुद्धिमत्ता हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापबाट हानि पुग्ने सम्भावना छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

brichikबृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
कृषि, पशुपालन र दुग्धजन्य पेसामा संलग्न व्यक्तिहरुले आज राम्रो आर्थिक लाभ गर्नेछन् । आज प्रायः सबैले प्रणयसम्बन्ध र रतिरागका लागि समय छुट्याउने छन् । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुन सक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

dhanuधनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
स्वास्थ्यमा अचानक गडबडी आउने देखिन्छ । त्यसबाट फाइदा हुने सम्भावना छैन । सहयोगी हातहरू पछि हट्न सक्छन् । अनावश्यक र दिक्कलाग्दो यात्रा हुन सक्छ । आर्थिक समस्याले सङ्कट उत्पन्न हुनसक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

makarमकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
बौद्धिक र लेखनकार्यमा सफलता प्राप्त हुने योग छ । सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । साथीभाइले तपाईंका सकारात्मक कामको समुचित मूल्याङ्कन गर्नेछन् । मनोरञ्जनका लागि राम्रै दिन छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

kumbhaकुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
परिवारमा मतभेद हुनेछ । झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । प्रतिकूल परिस्थितिले छाडेको छैन । सानातिना कामको झमेला आउनसक्छ । आज गरिएको लगानीबाट दीर्घकालीन फाइदा नहुन सक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

meinमीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
लगानीमा रहेका धनको उचित प्रतिफल नआउनाले दिक्क लाग्नेछ । यात्राको योजना छ भने बेलुका रात छिप्पिएपछिमात्र थाल्नु बेस हुनेछ । साँझपख निराशा र तनावको सिर्जना हुनेछ । सामाजिक क्षेत्रबाट अपजस ब्यहोर्नु पर्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

0 comments

Write Down Your Responses