ईपीएस भाषा परीक्षामा ७ हजार उतीर्ण हुने

११ चैत, काठमाडौ । दक्षिण कोरियाको मानव संशाधन विकास (एचाआरडी) ले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत यो वर्ष लिने कोरियन भाषा परीक्षामा ७ हजार एक सय युवा उतीर्ण गर्ने भएको छ । यो वर्षको छैठौं भाषा परीक्षा जेठ ३० र ३१ गते पोखरा र काठमाडौमा हुँदैछ ।


कोरियाली रोजगारदाताको उच्च प्राथमिकतामा नेपाली कामदार पर्दै गएकाले यो वर्षको परीक्षामा गत वर्ष भन्दा करिब दोब्बर बढी उतीर्ण गराइन लागेको छ ।

गत वर्षको परीक्षामा ३ हजार ६०० उतीर्ण भएका थिए । यो वर्षको परीक्षामा कृषि क्षेत्रतर्फ करिब २२ सय र औद्योगिक क्षेत्रतर्फ करिब ४९ सय नेपाली युवा उतीर्ण हुने ईपीएस सेन्टर नेपालले जनाएको छ ।
ईपीएसमार्फत १५ मुलुकबाट कोरिया जाने गर्छन् । कोरियामा कार्यरत नेपालीमध्ये ४.५ प्रतिशत अवैध छन् । आजको कारोबारमा खबर छ ।

यो वर्षको भाषा परीक्षाको फर्म वैशाख ३ देखि ६ गतेसम्म संकलन हुनेछ । काठमाडौ उपत्याकामा ४ केन्द्र तथा धरान, बुटवल, पोखरा, डडेलधुरा र धनुषाको जनकपुरबाट पनि र्फम वितरण हुनेछ । परीक्षा केन्द्र काठमाडौ उपत्यका र पोखरामा हुनेछन् ।

0 comments

Write Down Your Responses