न्यायाधीश बम हत्याकाण्डका मुख्य सुटर सञ्जय साउदी अरवमा पक्राउ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बम हत्याका मुख्य सुटर सञ्जय स्मालीमगर साउदी अरवमा पक्राउ परेका छन् । इन्टरपोलमा इन्टरपोलमा  डिफ्युजन नोटिस जारी भएलगतै साउदीमा उनी पक्राउ परेका छन् ।


न्यायाधीश बम हत्या काण्डका दुई अभियुक्तलाई साढे दुई महिनाअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरिसकेको छ । तर मुख्य सुटर सञ्जय स्मालीमगर फरार थिए । फरार मगरलाई साउदी अरवमा पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईवी)का डीआईजी हेमन्त मल्लले बताए ।
३ वर्षअघि काठमाडौको युएनपार्कमा न्यायाधीश बमलाई गोली हानी हत्या गरिएको थियो । हत्याका मुख्य सुटर स्माइलीमगर भएको रहस्य सिआइवीले साढे दुई महिना अघि पत्ता लगाएको थियो ।  स्माइलीमगर वैदेशीक रोजगारीको सिलसिलामा साउदी अरब गएको खुलेपछि प्रहरीले उनलाई पक्राउ गर्न इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको थियो।
घटनाका प्रमुख योजनाकार चुरेभावर राष्ट्रिय पार्टीका तत्कालीन उपाध्यक्ष बाबु थापासहित ४ जनालाई प्रहरीले   दुई महिनाअघि  सार्वजनिक गरिसकेको छ ।
बाबु थापा र सहयोगी प्रेमराज खड्का बा३९प २०५१ नम्बरको मोटरसाइकलसहित पक्राउ परेका थिए। त्यस्तै, घटनामा गोली चलाउने करण चौधरी  र दीपक कर्णलाई जनकपुरबाट पक्राउ गरिएको थियो।
मुख्य योजनाकारसहित चार जना पक्राउ पर्नुभन्दा एक महिनाअघि मात्र मुख्य सुटर सञ्जय साउदी अरब गएका थिए ।
यस्तै, अर्का आरोपी ज्ञानु लामा हातहतियार तथा खरखजाना मुद्दामा नक्खु कारागार छन्।

0 comments

Write Down Your Responses