आर्थिक योजनाकार शाक्यको किर्ते नागरिकता !

काठमाडौं । नेपालको आर्थिक क्षेत्रमा चार्टर्ड एकाउन्टेन्ट्स तथा आर्थिक योजनाकारको रुपमा परिचित सुजिव शाक्यको नेपाली नागरिकता नक्कली भएको तथ्य फेला परेको छ । भारतमा जन्मिएका शाक्यले नेपालबाट किर्ते कागज बनाई नेपाली नागरिकता लिएको खुलासा भएको हो ।

२२ जेठ २०२४ मा भारतको कालिम्पोङमा जन्मिएका सुजिव नाम गरेका ब्यक्तिको नाम थर खुल्न सकेको छैन । उनले नेपालीमा किर्ते कागज तयार गरी लिएको नागरिकतामा आफ्नो नाम सुजिव शाक्य राखेका छन् ।


नागरिकता बनाउन तत्कालिन ललितपुर नगरपञ्चालयबाट २४ जेठ २०३७ मा उनले सिफारिस लिएका थिए । तर नेपालको कानुन अनुसार नागरिकता लिन १६ बर्षको उम्मेर पुगेको हुनु पर्दछ । २०२४ सालमा जन्मेका उनले १४ बर्षको उम्मेरमा नेपाली नागरिकता लिएका थिए ।

अन्य सिफारिस दिएपनि नगरपञ्चायतले १६ बर्ष पुगेको सिफारिस नदिएपछि उनले किर्ते गरी नागरिकता लिएका थिए ।

सिफारिस लिएको ८ बर्षपछि उनी नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय ललितपुर पुगेका थिए । उनले जिल्ला प्रशासनमा २१ बर्ष पुगेको किर्ते कागज तयार पारी पेश गरेको आर्थिक दैनिकले उल्लेख गरेको छ ।

उनले किर्ते गरी पेश गरेको सिफारिसका आधारमा तत्कालिन प्रमुख जिल्ला अधिकारी प्रेमकुमार बान्तवाले नागरिकता प्रदान गरेका थिए । उनको नागरिकतामा बान्तवाको हस्ताक्षर रहेको छ ।

उनले नगरपञ्चालयबाट सिफारिस लिदाँ ललितपुर स्थायी घर भएका गणेशराज शाक्यको छोरा बताएका थिए । तर बाबु र बाजे प्रमाणीत हुने कागज भने पेश गरेका थिएनन् । उनले नागरिकता लिन पेश गरेको कागजमा केरमेट गरी सच्चाइएको छ । उनको बाबुको घर ठेगाना र उनको जन्ममिति सच्चाईएको छ ।

0 comments

Write Down Your Responses