त्रिभुवन विमानस्थलमा २ बजेदेखि अन्र्तराष्टिय उडान सुचारु गर्ने


२३ फागुन, काठमाडौ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एकमात्र धावन मार्ग नजिकै दुर्घट्नाग्रस्त भएर फसेको टर्किस एयरलायन्सको विमानलाई धावनमार्गमा ल्याइएको छ । विमान धावनमार्गमा ल्याइएपछि त्रिभुवन दिउँसो दुई बजेपछि अन्र्तराष्टिय उडान सुचारु गर्ने तयारी गरिरहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।



पत्रकार सम्मेलनमा नेपाल नागरिक उडडयन प्राधिकरणका महानिर्देशक रतीशचन्द्रलाल सुमनले धावन मार्गमा ल्याइएको विमान अहिले पार्किङमा लैजाने काम भइरहेको बताए ।

उनले विमानस्थलले नेपालभित्र र बाहिर रहेका यात्रुलाई गन्तब्यमा नपुर्याइन्जेल चौविसै घण्टा अन्तर्राष्ट्रिय उडानका निम्ति विमानस्थल खुल्ला राखिने जानकारी दिए । बुधबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छेउमा दुर्घटनाग्रस्त टर्कीश विमानलाई हटाउन नसकिएपछि शनिबार दिउँसो २ बजेसम्म अन्तर्राष्ट्रिय उडान स्थगित गरिएको थियो ।

उडान अवरुद्ध हुँदा काठमाडौं आउने र बाहिरिने हजारौं यात्रु प्रभावित भएका छन । इस्तानबुलबाट काठमाडौं आएको सो विमानमा क्षति पुगे पनि सवार सबै यात्रुहरुलाई विमानबाट सकुशल निकालिएको थियो ।


चौथो दिन विहानसम्म पनि उडान नहुँदा हजारौंको संख्यामा काठमाडौं आउने र विदेशिने यात्रु प्रभावित भएका छन् । उडडयन प्राधिकरणका अनुसार विदेश जाने २१ हजार यात्रु काठमाडौमा र उत्तिकै संख्यामा काठमाडौं आउने यात्रु विदेशमा छन् । काठमाडौंमा दैनिक ४० वटा अन्तर्राष्ट्रिय विमान अवतरण हुने र त्यति नै संख्यामा यहाँबाट उड्ने गर्छन् ।



0 comments

Write Down Your Responses